![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/05/arrest.2019-03-12-1000x563.jpeg)
बझाङ । बझाङ प्रहरीले १४ किलो चरेस र नगदसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बस मालिक केदास्युँ गाउँपालिका ५ का काशी ठगुन्ना, सुर्मा गाउँपालिका १ दौलिचौरका हरिवीर बोहोरा, रनकला बोहोरा र लछी बोहोरा रहेका छन् ।
सोमबार राति १२ बजे बित्थडचिर गाउँपालिकास्थित प्रहरी चौकी स्याडीको इन्ट्री पोष्टमा सदरमुकाम चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको ना.८ ख १०७४ नं. को गाडी चेकजाँच गर्दा प्रहरीले सिटमाथिको र्याकमा राखिएको अवस्थामा १२ किलोग्राम चरेस बरामद गरेको थियो ।
यस्तै, मंगलबार राति चैनपुरबाटै धनगढीतर्फ जाँदै गरेको अर्को बसलाई जयपृथ्वी नगरपालिका ७ तमैल बजारमा चेकजाँच गर्ने क्रममा बझाङकै सुर्मा गाउँपालिका वडा नं।४ घर भई हाल कैलालीको फुलवारीमा बस्दै आएका नरेश बहादुर बोहरालाई १ किलो २०० ग्राम चरेससहित नियन्त्रणमा लिएको डीएसपी गणेशबहादुर बमले जानकारी दिए । बोहोराको साथबाट नगद ४१ हजार पाँच सय रुपैयाँसमेत बरामत गरिएको प्रहरीले जनाएको छ ।
चरेससहित नियन्त्रणमा लिइएका सबै जनाको अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।