काठमाडौं बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाका विपद् व्यवस्थापन विज्ञको टोलीले केहीबेरअघि टनेलबाट ती चिनियाँ नागरिकको उद्धार गरेको हो।
उद्धार गरिएका उनलाई उपचार तथा थप व्यवस्थापनका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकमा ल्याइँदैछ।
बाढी आएको ११औँ दिनमा टनेलभित्रबाट उनको जीवितै उद्धार गरिएको हो। उद्धार कार्यमा नेपाली सेना तथा दक्षिण कोरियाली विज्ञ टोलीको संयुक्त प्रयास रहेको बताइएको छ।









