काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
सुनको मूल्य प्रतितोला रु दुई हजार पाँच सय र चाँदीको मूल्य रु ४० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख सात हजार चार सय र चाँदीको मूल्य रु चार हजार सात सय ६५ कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख चार हजार नौ सय र चाँदीको मूल्य रु चार हजार सात सय २५ कायम भएको थियो ।




