१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिचानले राष्ट्रियता सदृढ हुन्छः अध्यक्ष प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताउनुभएको छ । 

किराँत समुदायको पर्व उधौली तथा नेवार समुदायले मनाउने योमरी पुन्हिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली किराँत र नेवार समुदायमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले सबै समुदायको हकअधिकार र पहिचानले नै राष्ट्रियता सदृढ हुन्छ भन्नुभयो । 
     
समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिको ठूलो योगदान रहँदै आएको स्मरण गर्नुभएको छ ।

हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति भएको तथ्य पेश गर्दै उहाँले यही सांस्कृतिक विविधतासहितको सहिष्णुता नै नेपाली समाजको एकता भएको सन्देशमा उल्लेख गर्नुभएको छ । 

अध्यक्ष प्रचण्डले यी र यस्ता पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा आपसी सद्भाव र सहअस्तित्वको भावना विकास गर्न सहयोग पु¥याउने जनाउँदै शुभकामना व्यक्त गर्नुभएको छ ।