१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि मन्त्री खनाललाई डेंगु संक्रमण



अ+ अ-

काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल ग्राण्डी अस्पताल भर्ना भएका छन् । डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउन मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए । बुधबार साँझ शुक्रराज अस्पतालले डेंगु संक्रमण पुष्टि गरेपछि थप उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीले बताए ।