१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्कालीन एमालेका सांसद डीबी कार्की पक्राउ, इन्स्पेक्टर बनाउँछु भन्दै घुस लिए



अ+ अ-

काठमाडौं । तत्कालीन एमालेका सांसद डोलबहादुर (डीबी) कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) को टोलीले आज बिहान कलंकीबाट कार्कीलाई पक्राउ गरेको हो ।

सभासद हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) बनाइदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुबाट पैसा असुलीरहेको बेला भिमसेनगोलास्थित घरबाटै रंगेहात पक्राउ परेका उनलाई २०६७ सालमा विशेष अदालत र सर्वोच्चले दोषी ठहर गरेको हो ।

विशेष अदालतले ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरे पनि उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । तर सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले असार १७ गते मंगलबार विशेष अदालतको फैसलालाई सदर गरेको थियो ।

तत्कालीन गृहमन्त्री भीम रावलको पालामा नेपाल प्रहरीले ८० जना इन्सपेक्टरको भर्ना खोलेको थियो ।