१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो अन्तराष्ट्रिय विमानस्थल निजगढमै बन्छः पर्यटनमन्त्री



अ+ अ-
This image has an empty alt attribute; its file name is 69939810_2442656102659386_8903230474600579072_n-1000x563.jpg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दोस्रो अन्तराष्ट्रिय विमानस्थल निजगढमै बन्ने बताएका छन्।

नेपाल वातावरण पत्रकार समूहले विमानस्थल बन्ने ठाउँको वातावरणीय प्रभावका बारेमा गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकारले सबै कुरा बुझेरै निजगढमै विमानस्थल बनाउने निष्कर्षमा पुगेको बताए।

‘अर्को विमानस्थल निजगढमै बनाउने कुराबाट सरकार पछि हट्दैन। त्यहाँ पर्यवरणीय क्षतिका बारेमा सरकार जानकार छ। तर हामी संरक्षणका योजना पनि सँगै लिएर जान्छौं’, उनले भने, ‘अहिले विरोध भएको छ। उहाँहरूलाई सम्झाउने प्रयास सरकारले गर्छ। तर सबैलाई सन्तुष्टिको ग्यारेन्टी लिन सकिँदैन।’

विमानस्थलमा हुने पर्यावरणीय क्षतिका बारेमा अन्तर्राष्ट्रिय फोरममा पनि प्रश्न उठ्ने कुरामा सरकार जानकार तथा जवाफका लागि तयार रहेको उनको भनाइ छ।

‘मलाई थाहा छ यस्ता विकास आयोजनामा अन्तर्राष्ट्रिय फोरममा प्रश्न उठ्दै आएका छन् र हामीले जवाफ दिँदै आएका छौं। यसमा पनि हामी जवाफ दिनेछौं’, उनले भने।

https://youtu.be/GhsvNN3Dumo