१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

दोस्रो अन्तराष्ट्रिय विमानस्थल निजगढमै बन्छः पर्यटनमन्त्री

दोस्रो अन्तराष्ट्रिय विमानस्थल  निजगढमै बन्छः पर्यटनमन्त्री
अ अ+ अ-
This image has an empty alt attribute; its file name is 69939810_2442656102659386_8903230474600579072_n-1000x563.jpg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दोस्रो अन्तराष्ट्रिय विमानस्थल निजगढमै बन्ने बताएका छन्।

नेपाल वातावरण पत्रकार समूहले विमानस्थल बन्ने ठाउँको वातावरणीय प्रभावका बारेमा गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकारले सबै कुरा बुझेरै निजगढमै विमानस्थल बनाउने निष्कर्षमा पुगेको बताए।

‘अर्को विमानस्थल निजगढमै बनाउने कुराबाट सरकार पछि हट्दैन। त्यहाँ पर्यवरणीय क्षतिका बारेमा सरकार जानकार छ। तर हामी संरक्षणका योजना पनि सँगै लिएर जान्छौं’, उनले भने, ‘अहिले विरोध भएको छ। उहाँहरूलाई सम्झाउने प्रयास सरकारले गर्छ। तर सबैलाई सन्तुष्टिको ग्यारेन्टी लिन सकिँदैन।’

विमानस्थलमा हुने पर्यावरणीय क्षतिका बारेमा अन्तर्राष्ट्रिय फोरममा पनि प्रश्न उठ्ने कुरामा सरकार जानकार तथा जवाफका लागि तयार रहेको उनको भनाइ छ।

‘मलाई थाहा छ यस्ता विकास आयोजनामा अन्तर्राष्ट्रिय फोरममा प्रश्न उठ्दै आएका छन् र हामीले जवाफ दिँदै आएका छौं। यसमा पनि हामी जवाफ दिनेछौं’, उनले भने।

https://youtu.be/GhsvNN3Dumo