१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

बौद्धबाट ८४४ जना पक्राउ

बौद्धबाट ८४४ जना पक्राउ
अ अ+ अ-

काठमाडौं । बौद्धस्थित महानगरीय प्रहरी वृत्तले एघार महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा संलग्न ८४४ लाई पक्राउ गरेको छ । विसं २०७५ असोजदेखि २०७६ भदौसम्म ११ महीनाको तथ्याङ्क हेर्दा बौद्ध क्षेत्रबाट मात्रै ६८८ मुद्दामा आरोपित ८४४ पक्राउ परेका थिए ।पक्राउ परेकाहरू लागुऔषध, जुवा, जबरजस्ती करणी, चोरी, बालयौन दुराचार, कर्तव्य ज्यान, बैंकिङ कसुर, मानव बेचविखनलगायत मुद्दासँग सम्बन्धित थिए ।

पक्राउ परेकाहरूमध्ये सबैभन्दा बढी जुवा खेल्ने–खेलाउनेसँग सम्बन्धित थिए । जुवासँग सम्बन्धित ३५ मुद्दामा २९१ लाई पक्रउ गरी मुद्दा चलाइएको थियो । पक्राउ परेकाहरूबाट रु ३१ लाख ४१ हजार ३७० बरामद भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । प्रहरीले गत फागुन २५ गते काठमाडौँ महानगरपालिका– ६ महाङ्कालबाट रु एक लाख ९६ हजार १५० बरामद गर्नाका साथै आठ जनालाई पक्राउ गरेकामा एक तेस्रो लिङ्गी, चार महिला र तीन पुरुष थिए ।

त्यस्तै चोरीेको अभियोगका ५१ मुद्दामा ९१ जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा सबैभन्दा बढी १८ वर्षमुनिका बालबालिका रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । परिवारले वास्ता नगर्ने, आर्थिक अवस्था कमजोर भएका तथा बाबुआमाको ठेगान नभएका बालबालिका नै चोरी गर्दै हिँड्ने गरेको पाइएको छ । प्रहरीले गत फागुन ११मा कपनको निलोपुलबाट २८ थान मोबाइलसहित चोरी गर्ने चार जनालाई पक्राउ गरेको थियो । पक्राउपर्नेमा काभ्रेपलाञ्चोकका १८ वर्षमुनिका दुई, सुर्खेतको एक र नवलपरासी घर भई काठमाडौँ बस्ने एक रहेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो ।

घर परिवारबाट टाढा रहेका तथा परिवारको निगरानी तथा रेखदेख नभएका युवायुवती र बालबालिका दुव्र्यसनीमा फस्दै गएको पाइएको छ । पहिल्लो ११ महीनाको तथ्याङ्कमा बौद्ध क्षेत्रबाट लागुऔषधका २९ मुद्दामा ४१ पक्राउ परेका थिए । विभिन्न समयमा विभिन्न स्थानबाट डाईजेपाम, फेनारगन र नुफिन एक हजार १३५ थान बरामद गर्नाका साथै गाँजा १६ किलो, चरेस दुई किलो, ब्राउन सुगर ७७ ग्राम र नाइट्रोभेट चक्की एक हजार ३३७ थान बरामद गरिएको थियो ।

जबरजस्ती करणी अभियोगका २६ मुद्दामा ३५ जना विरुद्ध मुद्दा चलाएको थियो । सहमतिमा ‘लिभिङ टुकेदर’ बस्ने र घरपरिवारले थाहा पाएपछि अभिभावकको दबाबमा जबरजस्ती करणी मुद्दा दर्ता गर्ने गरेको घटना पनि प्रशस्त थिए । ‘लिभिङ टुकेदर’सम्बन्धी कानून नबन्दासम्म यस्ता किसिमका समस्या बढ्दै जाने अधिवक्ता अस्मिता पोखरेलले बताउनुभयो ।

त्यस्तै बैंकिङ कसुरमा ५१, सार्वजनिक कसुरमा १९१, ज्यान मार्ने उद्योगमा ३८, बहुविवाहमा २०, बालयौन दुराचारमा तीन, ठगीमा चार, विद्युतीय अपराधमा एक, कर्तव्य ज्यान मुद्दामा सात, मानव बेचविखन तथा ओसारपसारमा तीन, सवारी ज्यानमा सातजनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो । गतसाता मात्रै बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरी काठमाडौँ जिल्ला वन कार्यालय पठाएकोे थियो ।

त्यस्तै ११ महीनामा बौद्धका भट्टीमा छापा मार्दा मदिरा बनाउन राखेको एक लाख ५४ हजार लिटर कच्चापदार्थ नष्ट गर्नाका साथै तयारी अवस्थामा रहेको हानिकारक ४३ हजार लिटर मदिरासमेत नष्ट गरिएकोे थियो ।अपराध तथा अबैध कारोवारमा संलग्नलाई कानूनी दायरामा ल्याई तत्काल कारवाही गरिने भएकाले यस्ता आपराधिक क्रियाकलापको तत्काल जानकारी दिन पनि प्रहरी नायब उपरीक्षक चन्दले सर्वसाधारणलाई आग्रह गर्नुभयो ।