१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१९ महिला च्याम्पियनसिपः आज भारतको सामना गर्दै नेपाल, बराबरी खेले पुग्ने



अ+ अ-

काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज (आइतबार) चीर प्रतिद्वन्द्वी भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । 

बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

भारतविरुद्ध मैदानमा उत्रदा नेपाल जितको खोजीमा हुनेछ । नेपाल भारतलाई हराएर फाइनल पुग्ने योजनामा रहेको छ ।

नेपालले ३ खेलमा २ जितसहित ७ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ । 

पाँच टिम सहभागी च्याम्पियनसिपमा शीर्ष दुईमा रहेर फाइनल पुग्न नेपाललाई भारतविरुद्ध बराबरी नै पर्याप्त छ । भारत भने नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । 

राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । 

भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।

आजै बंगलादेशले पनि श्रीलंकासँग अन्तिम खेल खेल्दैछ । यदि नेपालले भारतलाई पराजित गरेमा बंगलादेश जस्तो नतिजा आए पनि फाइनल पुग्न सफल हुनेछ ।