३० भाद्र २०८३, मंगलवार
,
Latest
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राशिद बने सबैभन्दा कान्छा टेस्ट कप्तान



अ+ अ-

काठमाडौं । अफगानिस्तानका लेग स्पिनर तथा कप्तान राशिद खान संसारका सबैभन्दा कान्छा टेस्ट क्रिकेट कप्तान बनेका छन्।

बिहिबार बंगलादेश विरूद्ध खेल्न मैदानमा उत्रेर टिस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएपछि उनी सबैभन्दा कान्छा टेस्ट कप्तान बनेका हुन्।

उनले १५ वर्ष पुरानो कीर्तिमानलाई आफ्नो नाममा पारेका हुन्। यसअघि यो कीर्तिमान जिम्बाबेका ततेंदा तायबुको नाममा थियो। सन् २००४ मा कप्तानी गर्दा उनको उमेर २० वर्ष ३५८ दिन थियो भने राशिदले सो रेकर्ड २० वर्ष ३५० दिनको उमेरमा तोडेका हुन्।

अफगानिस्तानको यो तेश्रो टेस्ट खेल हो। यस अघि उसले भारत र आयरल्याण्डसँग एक(एक टेस्ट खेल खेलिसकेको छ। भारतसँगको टेस्टमा हार बेहोरेको अफगानिस्तानले आयरल्याण्डलाई भने सात विकेटले हराएको थियो।

बिहिबारबाट सुरू भएको खेलको पहिलो पारीमा ब्याटिङ गरिरहेको अफगानिस्तानले ५ विकेटको नोक्सानीमा २७५ रन जोडिसकेको छ।