१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफवानसफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न, यी हुन् १२ विधाका सर्वोत्कृष्ट विजेताहरु



अ+ अ-

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिना सम्पन्न भएको छ । काठमाडौं स्थित द सोल्टी होटेलमा पुस २ गते शुक्रबार आयोजना भएको हो । लिभिङ विथ आइसिटीले आयोजना गरेको अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आइसिटी अवार्ड २०२१ प्रदान गरियो । छैटौं संस्करणको रुपमा आयोजना भएको आइसिटी अवार्डको विगत ५ महिनादेखि छनौट प्रकृया जारी रहेको थियो । यस वर्षको अवार्डमा विभिन्न ११ विधामा ४०० बढिको अनलाइन नोमिनेशन प्राप्त भएको थियो ।

एफवान सफ्ट आइसिटी अवार्ड अन्तर्गत पायोनियर आइसिटी अवार्ड २०२१ बाट आइसिटी विज्ञ मनोहर कुमार भट्टराईलाई सम्मान गरिएको छ । यसैगरी एनसेल वुमन आइसिटी अवार्ड २०२१ नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधानले प्राप्त गर्नु भएको छ। आन्टप्रेनर आइसिटी अवार्ड योमरी कम्पनीका सस्थापक दिपेश प्रधानले प्राप्त गर्नुभयो । नेपाली डायस्पोरा आइसिटी अवार्ड ग्रोवाईडेटाका सहसस्थापक प्रशन्न ढुंगेललाई प्रदान गर्नु भएको थियो । आइसिटी अवार्डमा शिक्षा र गर्भनेन्स क्षेत्रमा पनि अवार्ड प्रदान गरिएको छ ।

डिजिटल गर्भनेन्स आइसिटी अवार्ड यस वर्ष भुमि व्यवस्थापन तथा अभिलेख विभागले प्राप्त गरेको छ । विभिन्न ३० बढि सरकारी संस्थाहरुको प्रतिस्प्रधामा विभागले अवार्ड प्राप्त गरेको हो । यसैगरी डिजिटल सर्भिसेस आइसिटी अवार्ड नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले प्राप्त गरेको थियो । डिजिटल एजुकेशन आइसिटी अवार्ड पब्लिक र प्राइवेट सेक्टर क्रमश कालिका मानवज्ञान बुटवल र रातोवंगला स्कुल पाटनले प्राप्त गरेका छन् ।

अवार्डमा महत्वपुर्ण र प्रतिस्प्रधात्मक रुपमा पब्लिक भोटिङ समेत सञ्चालन भएका विधाहरुमध्ये ह्वावे स्टार्टअप आइसिटी अवार्ड खेती भेन्चरले प्राप्त गरेको छ । यसैगरी प्रडक्ट आइसिटी अवार्ड मिखा प्रडक्टले प्राप्त गर्यो । राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड पुलचोक इन्जिनियरिङका विद्यार्थीहरुले तयार पारेको मुसुरले प्राप्त गरेको छ । यि तिन विधाका उत्कृष्ट १०/१० गरि ३० मध्येबाट पब्लिक च्वाइस आइसिटी अवार्ड बगभीले प्राप्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द« बहादुर कार्की, पूर्वमन्त्री पार्वत गुरुङ, सचिव डा. बैकुण्ठ अर्याल, सचिव शुरेश आचार्य, राष्ट्रिय योजना आयोगका माननिय सदस्यहरु डा। पुष्प रमण वाग्ले र डा.राम कुमार फुयालले विजेतालाई अवार्ड प्रदान गर्नु भएको थियो । अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती र नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ लगायत विशिष्ट व्यत्तिहरुको उपस्थिती रहेको कार्यक्रममा विजेताहरुले अवार्डसँगै विभिन्न आकर्षक पुरस्कारहरु समेत प्राप्त गरेका छन् ।

कार्यक्रममा विभिन्न मन्त्रालय, विभाग, सरकारी सस्था, बैंक तथा कर्पोरेट, आइटी, शिक्षा क्षेत्रसँगै उद्यमी र स्टार्टअपहरुबो बाक्लो उपस्थिती रहेको थियो । ७ सयभन्दा बढिको प्रत्यक्ष उपस्थिती रहेको कार्यक्रममा र हिमालय टेलिभिजन, अनलाइन र हाम्रोपात्रोबाट अवार्डको कार्यक्रम प्रत्यक्ष प्रशारण भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै आयोजक समितिका अध्यक्ष राजन लम्सालले आइसिटी अवार्ड सबैको सहकार्यमा नेपाली स्टार्टअप, इन्नोभेसन तथा डिजिटल इकोसिस्टमको विकासको लक्ष्यका साथ अघि बढि रहेको महत्वुर्ण अभियान रहेको बताउनु भयो ।

अवार्ड विजेताले महत्वपुर्ण अवार्डसँगै स्टार्टअप तथा इन्नोभेसनका ३ विजेतालाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण ऋण सुविधा, एनसेलले वुमन आइकनलाई ३ लाख रकम पुरस्कार, ह्वावेले ५ स्टार्टअपलाई ३ लाखबराबरको ह्वावे क्लाउड सेवा, जिनस सोलुसनले विजेतालाई निशुल्क कन्सल्टेन्ट र २ विद्यालयलाई एकवर्षको जुम सुविधा, नेपाल टेलिकमले सबै विजेतालाई आकर्षक डेटा प्याकेज, डिसहोमले इन्टरनेट सुविधा, इसेवा तथा अन्य सहयोगी संस्थाहरुले थप पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा संम्वोधन गर्दै प्रमुख अतिथि ज्ञानेन्द्र बहादुर कार्कीले आइसिटी अवार्डले नयाँ सोच र प्रविधिको विकासमा सहयोग पु¥याउँने बताउनु भयो । कार्कीेले यस क्षेत्रमा काम गर्ने युवालाई आइसिटी अवार्डले प्रोत्साहन र प्रतिभा प्रष्फुटनमा मद्दत पुर्याएको बताउदै मन्त्रालयले यो क्षेत्रको विकासको लागि आवश्यक समन्वय तथा सहकार्य गर्ने बताउनु भयो । सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुष्ठ अर्यालले आइसिटी अवार्डले डिजिटल नेपाल र डिजिटल रुपान्तरणको लागि विभिन्न ढंगले काम गरिरहेकोले सरकारलाई थप जिम्मेवार हुने सन्देश दिएको बताउनु भयो। अवार्डले भोलिका दिनमा इन्नोभेसनमा काम गर्न नयाँ पुस्तालाई उत्प्रेरित गर्ने अर्यालको भनाइ छ ।

अवार्ड वितरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नास्टका उपकुलपति डा। सुनिल बाबु श्रेष्ठले आइसिटी अवार्ड पुरस्कार वितरण गर्ने थलो मात्रै नभएर सार्वजनिक निजी साझेदारीको राम्रो मोडल भएको बताउनु भयो । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले आइसिटी अवार्डले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा।पुष्प रमण वाग्लेले देशमा सुशासन कायम राख्न आइसिटीको प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले अवार्ड मार्फत प्रविधिमा रूपान्तरण गर्न खोजेको पनि बताउनु भयो । शिक्षा, विज्ञान तथा प्रविधि सचिव शुरेश आचार्य, अर्थमन्त्रीका सल्लाहकार डा. उप्रेती लगायतले अबको भविष्य आइसिटीले नै ड्राइभ गर्ने हुँदा स्टार्टअप, इन्नोभेसनसँगै डिजिटल इकोसिस्टम बलियो बनाउन सरकार र निजी क्षेत्रको सहकार्यमा अझ धेरै काम गर्नुपर्ने बताउनु भयो ।

यस वर्षको आइसिटी अवार्डको शिलसिलामा स्टार्टअप एण्ड इन्नोभेसन फेस्ट, मेन्टरिङ सेसन, पूर्वविजेता तथा अवार्ड प्रतिस्पर्धीको स्टोरी सेयरिङ सेसन, फिल्ड भिजिट, प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनहरु सञ्चालन भएका थिए । आइसिटी अवार्डका जुरी कोअर्डिनेटर हेमापाल श्रेष्ठले ४ महिनाको गहन अध्ययन र विभिन्न ७ चरणको छनोट पश्चात विजेता छनोट गरिएको थियो। अवार्ड छनौटको लागि १२ जुरी सदस्य र १५ सल्लाहकार समिति रहेको थियो । जुरी संयोजक शुशिल पोख्रेलले आइसिटी अवार्ड एक पुरस्कार वितरण कार्यक्रममात्र नभएर यो डिजिटल इकोसिस्टम र इकोनोमिको बलियो आधार तयार पार्ने इनिसिएटिभ्स भएको बताउनु भयो ।

एफवान सफ्टले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३५ भन्दा बढी संस्थाहरूको सहकार्य रहेको छ । आइसिटी अवार्ड २०२१ को मुख्य प्रायोजन एफवान सफ्ट, सह प्रायोजन नेपाल टेलिकम र जेनेस सोलुसनले गरेका छन् । त्यस्तै पावर्ड पार्टनरमा ह्वावे र डिशहोम फाइबरनेट, क्याटोगोरी स्पोन्सरमा एनसेल, बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

अवार्ड कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि केन्द्र , नाष्ट, उद्योग वाणिज्य महासंघ लगायतको सहकार्य रहेको छ ।  यसैगरी प्रेसिडेन्सियल बिजनेस स्कुल, रिसेक्युरिटी, अप्लाई जब, इसेवा मेन्टर ल्याब, एमिनेन्स वेज, डायनामिक टेक्नोसफ्ट, टेक्सास इन्टरनेटसनल, नेपाल बैंक लिमिटेड, फ्युज मसिन्स, बारकोड नेपाल, नेपाल आन्ट्रप्रेनर्स हब, हाम्रो पात्रो र प्लान्ट डि नेपाल लगायतका संस्थाहरुको सहकार्य रहेको थियो ।  

यि हुन् एफवान सफ्ट आइसिटी अवार्ड २०२१ विजेताहरु :
१) ह्वावे स्टार्टअप आइसिटी अवाड – खेती भेञ्चर
२) प्रडक्ट आइसिटी अवार्ड – मिखा
३) राइजिङ स्टार आइसिटी अवार्ड – मशुर
४) नेपाल बैंक पायोनियर आइसिटी अवार्ड– मनोहर कुमार भट्टराई
५) एनसेल वुमन आइकन आइसिटी अवार्ड– गुण केशरी प्रधान
६) आन्टरप्रेनर आइसिटी अवार्ड– दिपेश प्रधान, योमरी
७) नेपाली डायस्पोरा आइसिटी अवार्ड– प्रशन्न ढुंगेल, ग्रोवाइडेटा
८। डिजिटल सर्भिसेस आइसिटी अवार्ड – नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)
९) डिजिटल सर्भिसेस आइसिटी अवार्ड (पब्लिक सेक्टर)– भूमि व्यवस्था तथा अभिलेख विभाग
१०) डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर)– रातो बंगला स्कुल
११) डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिट सेक्टर)– कालिका माध्यामिक विद्यालय
१२) पब्लिक च्वाइस आइसिटी अवार्ड– बगभी