१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ



अ+ अ-

काठमाडौं  । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले एक लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली कारोबार विवरण तयार गरी सामाजिक सञ्जालमा प्रचार गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्।

प्रहरीका अनुसार भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले एक लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कार्कीले कृत्रिम बुद्धिमत्ता प्रविधि ‘च्याट जीपीटी’को प्रयोग गरी नक्कली कारोबार विवरण तयार गरेका थिए।

उनले उक्त नक्कली विवरणमा आफ्नो क्यूआर कोड समेत राखी सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रहरीले जनाएको छ।

नक्कली कारोबार विवरणमा एक लाख २० हजार रुपैयाँ सहयोग गरेको, सहयोगको प्रयोजनका रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष उल्लेख गरिएको तथा कारोबार पूरा भएको देखाइएको थियो।

घटनाबारे जानकारी पाएपछि प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।




भर्खरै