४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दुई छोरीको उपचार नहुँदा तिमिल्सिना दम्पत्ति चिन्तित

दुई छोरीको उपचार नहुँदा तिमिल्सिना दम्पत्ति चिन्तित
अ+ अ-

गण्डकी । आर्थिक अवस्था कमजोर भएका कारण मानसिक रोगी दुई छोरीको उपचार गराउन नसक्दा यतिखेर पोखरा–२४ रातामाटाका तिमिल्सिना दम्पत्ति गम्भीर चिन्तामा छन् ।

मजदूरी गरेर परिवारको गर्जो टार्नुपर्ने बेलामा २४ वर्षीय टिका र १७ वर्षीया छलिको उपचार गराउन नपाउँदा ती परिवार गम्भीर चिन्तामा परेका हुन् । “आर्थिक विपन्नताका कारण परिवारको दैनिकी टार्न त मुस्किल छ नै, त्यसमा पनि मानसिक रोगी दुबै छोरीलाई छाडेर मजदूरी गर्न जान सक्ने अवस्था छैन । यसले परिवारको गर्जो टार्ने समस्या झन बढेको छ, बुबा दिपराज तिमिल्सिनाले भन्नुभयो ।”

पुसको कठ्याङग्रिदो जाडोमा ठूली छोरी टिका बाख्राको खोरमा डसना विनाको खाटमा सुत्तदै आएकी छन् भने अर्को छोरी छलि बाबु आमा सुत्ने कोठाको छेउमा सानो खाटमा कष्टकर जीवन विताउन बाध्य छन् । “पोखरादेखि मुस्ताङसम्म भारी बोकेर कमाएको रु ६० हजार खर्च गरेर १२ वर्षअघि पोखरस्थित गण्डकी अस्पताल, मणिपाल शिक्षण अस्पताल र चरक अस्पतालमा दुबै छोरीको उपचार गराउँदा पनि निको भएन” उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर हुँदा अहिले दुबै छोरीलाई उपचारका लागि अस्पतालसम्म पनि पु¥याउन सकिएको छैन् ।”

उहाँका अनुसार छोरीहरु दिसा पिसाव जथाभावी गर्छन्,  कोठाबाट बाहिर निस्कने वित्तिकै ताउलामा राखेको गाईभैंसीको कुडो खाने, आङ्गनमा सुकाएको बिस्कुन सबै फाल्दिने र दिदीबहिनी बीच झगडा गर्ने गर्दछन् । “जन्मदा त राम्रै थिए, जन्मने वित्तिकै नभई केही समयपछि मात्र रोए र लामो समयपछि हिडे, दुवै जना आकाशतर्पm बढी हेर्दथें । अहिले आएर दुवै मानसिक रुपमा विछिप्त अवस्थामा छन्”, उहाँले भन्नुभयो, “सन्तानबाट सहयोग पाउनु पर्ने अवस्थामा उल्टै हुर्केका छोरोहरुको वाल्यकालमा जस्तै स्याहार सुसार र पालनपोषण गर्नुपरेको पीडा भोग्नु परेको छ ।” छोरीको उपचारका लागि सहयोग गरिदन उहाँले सबैसँग आग्रह गर्नुभएको छ ।

“छोरीलाई हेरचाह गरेर घरमा नै बसौं भने आम्दानी हुँदैन । हातमुख जोर्न नै समस्या हुन्छ”, उहाँले भन्नुभयो, “छोरीलाई छुट्टाछुट्टै कोठामा थुनेर मजदूरी गरेर साँझ घरमा आउँदा उनीहरु दिसा पिसाव खेलाएर बसेका हुन्छन् । कुनै कुनै बेला त कोठामा नै हुँदैनन् । लाइटको सहायताले खोज्दै हिड्नु पर्दछ ।” सन्तानको माया लाग्छ । खर्चको अभावमा उपचार गर्न सकिएको छैन र उचित उपचार कहाँ हुन्छ भन्ने थाहा पनि नभएको दिपराज तिमिल्सिनाले बताउनुभयो ।

आमा मिना तिमिल्सिनाले आँसु झार्दै भनिन्, “सानी छोरीले त आपैm पनि खाना खाने गर्छिन, ठूलीलाई खुवाई दिनुपर्दछ, शरीरको कपडा च्यात्ने, जथाभावी दिसापिसाव गर्ने र दिसा पिसाव खेलाउँदा घर नै दुर्गन्धित हुन थालेको छ ।”

आफ्नो खासै खेत छैन, अरुको खेत अधिया गरेर मानसिक रोगी दुई छोरी र एक छोरासहित पाँच जनाको जिविकोपार्जन गर्दै आएका सो परिवारले अहिले छोरीको उपचारमा सहयोग गरिदिन हुन विभिन्न सङ्घसंस्था एवम् व्यक्तिसंग हार्दिक अपिल गरेको छ । पहिलो सन्तान छोरीको विहे गरेर पनि नाति ६ वर्षको भइसकेको छ भने २२ वर्षीय छोरा सुरेश तिमिल्सिना पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत छन् ।

उक्त परिवारको अवस्थाका बारेमा बुझन पीडितको घरमा नै पुग्नुभएका पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष शोभामोहन सुवेदीले भन्नुभयो, “यस दुःखद अवस्थाबाट मुक्ति दिलाउनका लागि पहिले उनीहरुको उपचारका लागि आफूले सक्दो सहयोग गर्ने बताउँदै उनीहरुलाई कोरोनाविरुद्धको खोप घरमा लगाउने व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । “दुवै छोरीको अवस्था कष्टकर रहेको देखेर पहिलो चरणमा उनीहरुलाई बस्नका लागि सुविधायुक्त कोठा निर्माणका लागि रोटरी क्लव अफ पोखरा फिस्टेलले सहयोग गर्ने भएको छ”, उहाँले भन्नुभयो, “सुविधायुक्त कोठा निर्माणका लागि रु एक लाख ४० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।”

बागलुङ बसपार्कबाट पश्चिम सहिद स्मारक जामुनाबोट हुँदै कृषि सडकमार्पmत उनीहरुको घरमा पुग्न सकिने पर्यटकीय नगरी पोखरा नजिककै सुगम स्थानमा रहेर पनि खाउँखाउ लाउलाउ भन्ने उमेरका ती दुई दिदिबहिनीले उचित उपचारको अभावमा  कष्टकर जीवन विताउन बाध्य छन् । धर्म गर्नका लागि धार्मिक स्थलमा धाउनु पर्दैन्, आर्थिक अभावका कारण उपचारका लागि अस्पताल पु¥याउन नसकेर कष्टमा परेका यो परिवार यतिखेर छोरीको उपचार गर्ने सहयोगीको प्रतिक्षामा छन् । (रासस, हरि बाँस्तोला)