१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा धमाधम सहमति जुट्दै, ७२ जिल्लामा बन्यो संघीय र प्रदेश समिति



अ+ अ-

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभरका १ सय ६५ संघीय निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशस्तरीय निर्वाचन क्षेत्रमध्ये सहमतिबाटै ७२ जिल्लामा पर्ने समितिहरूमा नेतृत्व दिएको छ । कांग्रेसले २० भदौभित्रै सबै संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा समिति समायोजन गरिसक्ने गरी केन्द्रीय समितिबाट निर्देशिका बनाएको थियो ।

सोहीअनुसार कांग्रेसले निर्देशिकालाई नै टेकेर शनिबार साँझसम्म ७२ जिल्लाका संघीय निर्वाचन क्षेत्रीय समिति तथा प्रदेशस्तरीय निर्वाचन क्षेत्रीय समितिहरूलाई पूर्णता दिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘हालसम्म ७२ जिल्लामा संघीय तथा प्रदेशस्तरीय निर्वाचन समिति गठन भएको जानकारी आएको छ, बाँकी जिल्लामा समेत आजभोलिमा नै सकिन्छ । सबै जिल्लामा सहमतिबाटै संरचना बनेका छन्,’ कांग्रेस मुख्य सचिव पौडेलले राजधानीसँग भने ।
‘पार्टीले बनाएको निर्देशिकाको कमा तथा फुलिस्टप पनि परिवर्तन नगरी धमाधम सहमति भइरहेको छ । प्रायःजसो १३औं महाधिवेशनका सांगठनिक संरचना मार्फत नै नेतृत्व दिइएको छ,’ मुख्य सचिव पौडेलले थपे ।

कांग्रेसले २४ भदौबाट पार्टीको दोस्रो चरणको जागरण अभियान सुरु गर्ने भन्दै अभियानलाई समेत प्रभावकारी बनाउन सबै संघीय तथा प्रदेश निर्वाचन क्षेत्रीय समितिहरू बनाइसक्ने लक्ष्य लिएको थियो । यस्तै, प्रदेश संरचनाबाहेकमा भने कांग्रेसले कात्तिकभित्र संरचना गठन गरिसक्ने लक्ष्य लिएको छ । तर, प्रदेश संरचनाका विषयमा भने शीर्ष तहमा कसरी संरचना बनाउने भन्ने सहमति हुन सकेको छैन ।

कांग्रेसले अन्तरिम संरचना गठनका लागि नेता राधेश्याम अधिकारीको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी दिएको छ । सो समितिले प्रजातान्त्रिक लयर्स एसोसियसन ९डीएलए०का जिल्लास्थित प्रतिनिधिहरूलाई संरचना गठनका लागि खटाएको छ । सो समितिले १५ भदौबाट देशभर संरचना गठनको काम थालेको थियो ।
तर, सहमति हुन नसकेको स्थानमा वा एकभन्दा बढी आकांक्षी देखिएमा भने भूभाग, प्रतिनिधि र क्रियाशील सदस्यको संख्या हेरेर नेतृत्व चयन गर्ने अधिकार निर्देशिकामा दिइएको थियो । सो प्रक्रियाबाट जाँदा समेत बराबर भएमा गोला प्रथाद्वारा नेतृत्व चयन गरिने निर्देशिकाले बाटो देखाएको छ । कांग्रेसले गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमार्फत पार्टीको विधानलाई संघीय संरचनामा रूपान्तरण गरेको थियो । विधानतः केन्द्रदेखि बुथ तहसम्म गरी कांग्रेसको आठ तहको पार्टीको संरचना हुने व्यवस्था छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।




भर्खरै