१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि

अभिव्यक्ति स्वतन्त्रतामा नेपाल दक्षिण एशियामै अग्रणी मुलुक हुनेछ– सञ्चारमन्त्री कार्की

अभिव्यक्ति स्वतन्त्रतामा नेपाल दक्षिण एशियामै अग्रणी मुलुक हुनेछ– सञ्चारमन्त्री कार्की
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका शर्तहरु अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुला रहेको दाबी गर्नुभएको छ । 

शुक्रवार काठमाडौंमा परशुराम सकुन्तला स्मृति सेवा प्रतिष्ठानले आयोजना गरेको सम्मान समारोहमा बोल्दै मन्त्री कार्कीले एमसीसीका शर्तहरु अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुला रहेको दाबी गर्नुभएको हो । उहाँले एमसीसीले नेपालको गरिबी निवारण र दिगो आर्थिक विकासको लक्ष्य राखेको पनि बताउनु भयो । मन्त्री कार्कीले एमसीसी सम्झौता समयमै सम्पन्न गरेर सरकार देश विकास र गरिबी निवारणप्रति गम्भीर छ भन्ने कुराको प्रमाण दिनुपर्ने बताउनु भयो । उहाँले गरिबी, पछौटेपन, विभेदजस्ता कुरालाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको बारेमा सोच्नुपर्ने बेला आएको बताउनु भयो ।

मन्त्री कार्कीले भन्नुभयो, ‘एमसीसी राष्ट्रिय हितमा छ । एमसीसी यो मुलुकको गरिबी निवारण र दिगो आर्थिक विकास यसको लक्ष्य छ । यसका सबै शर्तहरु अरु वैदेशिक सहायताका भन्दा पारदर्शी र खुकुला छन् । तथापि पनि यसलाई हामीले यति नेगेटिभिटिजम बढाएर यति नेगेटिभमा गयौँ कि यो त राष्ट्रघातको काम हुनेछ भनेर समाजमा एउटा तस्बीर खडा ग¥यौं । तर आज करिव करिव नेपाली जनताले निर्वाचित गरेको सार्वभौम संसदले करिव करिव एकमतले पारित गरेको छ । र अब यसलाई समयमै हामीले सम्पन्न गरेर ३१५ किलोमिटर ट्रान्समिशन लाइन, ७७ किलोमिटर सडक थप राष्ट्रिय स्तरको सडक निर्माण गरेर हामी विकासप्रति जिम्मेवार छौँ र यो विकासले, यो अनुदानले मुलुकको गरिबी निवारण र दिगो आर्थिक विकासमा ठूलो महत्व राख्छ भन्ने कुराको जवाफ यो सम्पन्न गरेर दिनुपर्नेछ । अब हामीले गरिबी, पछौटेपन, विभेद छ भन्ने कुरा मात्रै होइन त्यो विभेदलाई कसरी हटाउने भन्ने दिशामा अब हामीले विलम्व नगरीकन अघि बढ्नुपर्छ ।

मन्त्री कार्कीले दिगो विकास, सुशासन, सभ्य र समृद्ध नेपाल बनाउने सपनालाई पूरा गरेर अबको पुस्तालाई धनी पुस्ताको रुपमा संसारमा चिनाउनु पर्ने बताउनु भयो।