१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिव्यक्ति स्वतन्त्रतामा नेपाल दक्षिण एशियामै अग्रणी मुलुक हुनेछ– सञ्चारमन्त्री कार्की



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका शर्तहरु अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुला रहेको दाबी गर्नुभएको छ । 

शुक्रवार काठमाडौंमा परशुराम सकुन्तला स्मृति सेवा प्रतिष्ठानले आयोजना गरेको सम्मान समारोहमा बोल्दै मन्त्री कार्कीले एमसीसीका शर्तहरु अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुला रहेको दाबी गर्नुभएको हो । उहाँले एमसीसीले नेपालको गरिबी निवारण र दिगो आर्थिक विकासको लक्ष्य राखेको पनि बताउनु भयो । मन्त्री कार्कीले एमसीसी सम्झौता समयमै सम्पन्न गरेर सरकार देश विकास र गरिबी निवारणप्रति गम्भीर छ भन्ने कुराको प्रमाण दिनुपर्ने बताउनु भयो । उहाँले गरिबी, पछौटेपन, विभेदजस्ता कुरालाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको बारेमा सोच्नुपर्ने बेला आएको बताउनु भयो ।

मन्त्री कार्कीले भन्नुभयो, ‘एमसीसी राष्ट्रिय हितमा छ । एमसीसी यो मुलुकको गरिबी निवारण र दिगो आर्थिक विकास यसको लक्ष्य छ । यसका सबै शर्तहरु अरु वैदेशिक सहायताका भन्दा पारदर्शी र खुकुला छन् । तथापि पनि यसलाई हामीले यति नेगेटिभिटिजम बढाएर यति नेगेटिभमा गयौँ कि यो त राष्ट्रघातको काम हुनेछ भनेर समाजमा एउटा तस्बीर खडा ग¥यौं । तर आज करिव करिव नेपाली जनताले निर्वाचित गरेको सार्वभौम संसदले करिव करिव एकमतले पारित गरेको छ । र अब यसलाई समयमै हामीले सम्पन्न गरेर ३१५ किलोमिटर ट्रान्समिशन लाइन, ७७ किलोमिटर सडक थप राष्ट्रिय स्तरको सडक निर्माण गरेर हामी विकासप्रति जिम्मेवार छौँ र यो विकासले, यो अनुदानले मुलुकको गरिबी निवारण र दिगो आर्थिक विकासमा ठूलो महत्व राख्छ भन्ने कुराको जवाफ यो सम्पन्न गरेर दिनुपर्नेछ । अब हामीले गरिबी, पछौटेपन, विभेद छ भन्ने कुरा मात्रै होइन त्यो विभेदलाई कसरी हटाउने भन्ने दिशामा अब हामीले विलम्व नगरीकन अघि बढ्नुपर्छ ।

मन्त्री कार्कीले दिगो विकास, सुशासन, सभ्य र समृद्ध नेपाल बनाउने सपनालाई पूरा गरेर अबको पुस्तालाई धनी पुस्ताको रुपमा संसारमा चिनाउनु पर्ने बताउनु भयो।