२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित

ज्यापु समाज धेरै पुरानो संस्कृति भएकाले सरकारले सार्वजनिक बिदा घोषणा गरेको – प्रधानमन्त्री

ज्यापु समाज धेरै पुरानो संस्कृति भएकाले सरकारले सार्वजनिक बिदा घोषणा गरेको – प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताउनु भएको छ ।

राष्ट्रिय ज्यापु दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताउनु भएको हो ।

उहाँले काठमाडौं उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापु समुदाय लागि परेको भन्दै ज्यापु समुदायलाई चाहिएको सहयोग गर्न सरकार तयार रहेको पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गरेको भन्दै कला, संस्कृति, सम्पदाको विकासमा अझ लाग्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘नेपालको भौगोलिक, जैविक विविधता, प्राकृतिक र संस्कृतिक सम्पदा र सामाजिक बनावट विश्वभरमै नमुनाको रुपमा रही आएको छ । विभिन्न जातजाति, भाषाभाषि, सांस्कृतिक समूहहरुको सहअस्तित्व, साझा परम्परागत मौलिक संस्कृति र सभ्य नेपाली पहिचान गौरव महत्वपूर्ण सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु हाम्रो साझा दायित्व हो । यिनै साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गर्दै राष्ट्रिय एकता र अखण्डतालाई सुरक्षित बनाएको छ । नेपालको विभिन्न समुदायमध्ये ज्यापु समाज आफ्नै मौलिक संस्कृति, सम्पदा र पहिचान बनेको समाज हो । यो समाजले नेवार समुदाय भित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको छ ।

काठमाडौं उपत्यकाको कला, संस्कृति, सम्पदाको विकासमा ज्यापु समुदायको उल्लेख्य योगदान रहेको छ ।’ प्रधानमन्त्री देउवाले ज्यापु समाज धेरै पुरानो संस्कृति भएको समाज भएकाले सरकारले सार्वजनिक बिदा घोषणा गरेको समेत बताउनु भयो ।