१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैठक सुरु नहुँदै माधव नेपाल बालुवाटारबाट निस्किए



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा भाग लिन बालुवाटार पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बैठक सुरु नहुँदै बाहिरिनुभएको छ । आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्नुभएको सत्तारुढ गठबन्धनको बैठक अझै शुरु हुनसकेको छैन । प्रधानमन्त्री देउवा आज ज्यापु दिवसको कार्यक्रममा व्यस्त हुनुभएकाले बैठक सुरु हुन नसकेको हो ।

बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका गठबन्धनका नेता प्रधानमन्त्री देउवालाई कुरेर बस्नुभएको छ । आजै बेलुका ४ बजे प्रधानमन्त्री देउवाले एमसीसीलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठकको आह्वान गर्नुभएको छ । सर्वदलीय बैठक बस्नुअघि साझा धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक डाएिको बताइएको छ ।