१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि प्रधानमन्त्री शाहले बोलाए उच्चस्तरीय बैठक रसुवामा बाढीपछि पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन गृहको आग्रह रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा



अ+ अ-

काठमाडौँ। अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध खेल्दैछ ।

यी दुई टोलीबीचको खेल आज अपराह्न ३ः१५ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाली टोली दोस्रो जितको खोजीमा छ । नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको थियो ।

पहिलो र दोस्रो खेलमा भने नेपालले क्रमशः नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा बङ्गलादेश हाइपर्फमेन्स–११ विरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो । यसैगरी एसिटीको टोली पहिलो जितको खोजीमा छ ।

उसले तीन खेल खेल्दा सबैमा हार व्यहोरेको छ । सेमिफाइनल सम्भावना कायमै राख्न आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ । ताजा अवस्थामा नेपाल दुई अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।

यस संस्करणको टप एन्ड टी–२० सिरिजका लागि नेपाल ‘ए’ को टोलीमा कप्तान अनिलकुमार शाह, कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव रहेका छन् ।

यस्तै, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री पनि टोलीमा समावेश छन् । रासस