५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले भ्रष्टाचार र महिला हिंसाविरूद्ध अभियान चलाउने



अ+ अ-

काठमाडौं । कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ।

भदौ २४ गतेबाट सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा हुने जागरण अभियानका लागि आइतबार तीन सय ३० जना केन्द्रीय प्रतिनिधिको टुंगो लगाएको हो। केन्द्रीय प्रतिनिधिमा प्रदेश र प्रतिनिधिसभा उम्मेदवार, पार्टीका पूर्वजिल्ला सभापति, पूर्वसांसदलाई जिम्मेवारी दिएको छ।

मुलुकभर एकसाथ सुरुवात हुने जागरण अभियान असोज ७ गतेसम्म सञ्चालन हुनेछ। अभियान प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत हुनेछ।

अभियानका क्रममा महंगी, भ्रष्टाचार, महिला हिंसा, अलोकतान्त्रिक विधेयक र सरकारको कार्यशैलीविरुद्ध खवरदारी गर्ने कांग्रेसले जनाएको छ। जागरण अभियानलाई अन्तक्रियात्मक बनाउन कांग्रेसले एउटा मात्र सभाको आयोजना गर्नेछ।