५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि काठमाडौंमा बिजुलीबाट चल्ने बस गुड्दै, यस्तो छ रुट



अ+ अ-

काठमाडौं । आज (सोमबार)देखि काठमाडौंमा बिजुलीबाट चल्ने बस गुड्दै छ । निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा चारवटा बिजुलीबाट चल्ने बस सञ्चालनमा ल्याउने भएको हो ।

आज दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिजुली बस शुभारम्भ गर्नेछन् ।यो निजि क्षेत्रबाट पहिलो पटक बिजुली बस गुड्ने भएको हो । योभन्दा अघि बिजुलीबाट चल्ने बस सरकारी स्वामित्वको ट्रली बस थियो ।

सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ । ४० सिटे बसमा ४० जनाले बेसर यात्र गर्न सक्नेछन् भने ३० जनाले उभिए यात्रा गर्न मिल्ने बताइएको छ ।
त्यस्तै ३० सिटे बसमा ३० जनाले बसेर र २५ जनाले उभिएर यात्रा गर्न सक्ने सुन्दर यातातातले जनाएको छ ।

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । बसमा यात्रुको चाप नहुने भागमा आरक्षण सिट राखिएको छ । बसमा सीसी क्यामेराको, जीपीएस ट्रयाकिङ, एयरकण्डिसनको सुविधा पनि छ, यसले यात्रुमैत्री बनाउने सुन्दर यातायातले जनाएको छ ।

यस्तो छ रुट

सुन्दर यातायातका विद्युतीय बस पहिलो चरणमा ५ रुटमा गुड्ने छन् । पहिलो रुटमा बसहरुले चक्रपथ परिक्रमा गर्नेछन् । दोस्रो रुटमा नारायणथान, जावलाखेल–मेडिसिटी अस्पताल पुग्नेछन् ।

तेस्रो रुटमा गोगंवु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछन् । चौथो रुट अन्तर्गत ढुंगेअड्डा–कलंकी–त्रीपुरेश्वर–वीर अस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चावहिल–बौद्ध–जोरपाटीस्थित अत्तरखेलसम्म पुग्नेछन् ।

त्यसैगरी अन्तिम रुट सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमल रहेको छ ।