१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोक सेवा आयोगका पूर्व अध्यक्ष राईको ८४ वर्षको उमेरमा निधन



अ+ अ-

ललितपुर । लोक सेवा आयोगका पूर्व अध्यक्ष सन्तबहादुर राईको ८४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका राईको उपचारका क्रममा सोमबार बिहान निधन भएको हो ।

संखुवासभाको पामा गाउँमा विक्रम संवत १९९३ सालमा जन्मनु भएका राईले दार्जीलिङ तथा अमेरिकाको मिचिगन विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरेका हुन् । उनि २०१८ सालमा सरकारी सेवामा प्रवेश गरेका हुन् ।

त्यसपछि उनि २०२६ सालमा पाँचथर जिल्लाको प्रमुख जिल्ला अधिकारी भएका थिए । त्यसपछि उनि २०४१ सालमा नेपाल सरकारको सचिव थिए । २०४८ सालमा लोक सेवा अयोगको सदस्यमा नियुक्त भएका राई २०५१ सालपछि लगातार दुई कार्यकाल अध्यक्ष भए ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।