६ पुष २०८२, आईतवार
,
Latest
प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ विदेश मन्त्री भ्रमण दलका सदस्यसहित चन्द्रागिरिमा



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यी सोमबार बिहान भ्रमण दलका सदस्यसहित चन्द्रागिरि पुगेका छन्।

समकक्षी प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल आएका वाङ सहितको टोली चन्द्रागिरि अवलोकनका लागि त्यसतर्फ गएको हो। आइतबार काठमाडौं आइपुगेका विदेशमन्त्री वाङले सोमबार द्वीपक्षीय छलफल गर्नुका साथै विभिन्न आर्थिक साझेदारीका विषयमा सम्झौता हुने परराष्ट्रमन्त्रीको भनाइ छ ।

यस्तै, भ्रमणले हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल र रेलमार्ग मार्फत नेपाल–चीन जोड्ने योजनाहरूको सूचीलाई समेत अघि बढाउने सरकारको तयारी छ ।त्यस्तै सोमवार साँझ भने विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।