१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुविवाहको अभियोगमा गाउँपालिकाका अध्यक्ष पक्राउ



अ+ अ-

बुटवल । बहुविवाह गरेको अभियोगमा प्यु्ठानको गौमुखी गाउँपालिका प्रमुख बिष्णुकुमार गिरी पक्राउ परेका छन् । बहुबिबाह गरेको भन्दै गाउँपालिका अध्यक्ष गिरी विरुद्ध भदौं १० गते उनकी श्रीमति सीता केसीले बहुविवाहको मुद्दा हालेकी थिइन् ।

श्रीमतिले दिएको उजुरीको आधारमा आरोपीलाई पक्राउ गरिएको प्युठान प्रहरी प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले बताएका छन् ।

‘गिरीलाई अदालतमा पेश गरिने छ , अदालतको फैसाला जस्तो आउँछ त्यही अनुसार गरिने छ , डिएसपी कार्कीले भने, ‘कानुनले ठूलो सानो केही भन्दैन ।’ गिरीले प्युठान नगरपालिकाकै एक १८ बर्षीया युवती दोस्रो विवाह गरेको अभियोग छ ।