५ पुष २०८२, शनिबार
,
Latest
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’ बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी तेल ट्याङ्कर खरिद गर्ने जो कोहीमाथि प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय प्रतिबन्धको अवज्ञा गर्दै इरानी तेल सिरिया पुर्‍याउने प्रयास गरिरहेको एउटा ट्याङ्करले आफ्नो कार्गो विक्री गरेको इरानले जनाएको छ।

उक्त जहाज अमेरिका–इरान कूटनीतिक तनावको केन्द्रमा रहिआएको छ।गत जुलाईमा ब्रिटिश जलसैनिकले जिब्राल्टारमा उक्त जहाजलाई नियन्त्रणमा लिएका थिए र इरानले सिरिया नपठाउने आश्वस्त नपारेसम्म अगस्ट १५ सम्म त्यसलाई नियन्त्रण मुक्त गरिएको थिएन।

एड्रिआन डारिया–१ नामक जहाज शुक्रवार सिरियाली तटीय क्षेत्रतर्फ गएको देखिएको भूउपग्रहबाट प्राप्त तस्बिरमा देखिन्छ।तर इरानी विदेश मन्त्रालयका प्रवक्ताले भूमध्यसागरको तटुमा पुगेपछि कार्गो पठाइएको बताएका छन्।

पछिल्लो कदमबारे आइतवार प्रतिक्रिया व्यक्त गर्दै संयुक्त राज्य अमेरिकाले उक्त तेल खरिद गर्ने जो कोहीमाथि पनि प्रतिबन्ध लगाउने बताएको छ।यसैबीच इरानले आफ्नो नियन्त्रणमा लिइएको ब्रिटिश झण्डा अङ्कित एउटा ट्याङ्करलाई छाड्ने तयारी भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ।

विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसावीका अनुसार स्टेना इम्पेरो नामक ट्याङ्करलाई छाड्न अन्तिम कानुनी प्रक्रिया पूरा गरिँदैछ।