१३ आश्विन २०८१, आईतवार
,
Latest
सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु



अ+ अ-

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ना ७ ख ६४०७ नम्बरको बसले ग १९ प ८५६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका लामाको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिनुभयो । बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । रासस