१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाको कला र संस्कृतिले विश्वकै पर्यटकहरुलाई आर्कषण गरिरहेको छ: पर्यटन मन्त्री



अ+ अ-

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले लललितपुरसहित काठमाडौं उपत्यकाको कला र संस्कृतिले विश्वकै पर्यटकहरुलाई आर्कषण गरिरहेको बताएका छन् ।

मन्त्री भट्टराईले ललितपुरको मंगलबजारमा सोमबारबाट सुरु भएको ४ दिने ‘सार्क हस्तकला प्रर्दशनी तथा कार्याशाला गोष्ठी’ को उद्घाटन गर्दै कला र संस्कृतिको धनी भएकाले पनि नेपालमा पर्यटन विकासको अधिक सम्भावना रहेको पनि स्मरण गराए । उनले कला र संस्कृतिको संरक्षण गरेर सरकारले मुलुकको समृद्धिमा योगदान दिन चाहेको पनि बताए ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले ललितपुर विश्वकै सम्पदाहरुको नमूना सहर भएकाले यसको संरक्षणमा लागि परेको बताए । उनले कला र संस्कृतिको मूल थलोको रुपमा रहेको ललितपुरलाई त्यसकै माध्यामबाट समृद्ध बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

४ दिनसम्म चल्ने प्रर्दशनीमा बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्सलगायतका मुलुकको पनि स्टल राखिएका छन् ।