१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रवेश गर्ने नाका नागढुंगामा राखिएको चेकपोइन्टमा जाँच गर्ने क्रममा काँकरभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख १०५५ नम्बरको बसबाट इलामका कञ्चन प्रधान समातिएका हुन् ।

प्रहरीका अनुसार उनको साथबाट ४७.७ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।