८ भाद्र २०८३, सोमबार
,
Latest
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन–१ का विकास आयोजनाको सांसद ढकालद्वारा स्थलगत अनुगमन



अ+ अ-

काठमाडाैँ । चितवन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले निर्वाचन क्षेत्रअन्तर्गत सञ्चालनमा रहेका विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको स्थलगत अनुगमन गर्नुभएको छ ।

सभापति ढकालसहित सङ्घीय कार्यालयअन्तर्गतका प्रतिनिधि तथा प्राविधिक टोलीले रत्ननगर नगरपालिकाका विभिन्न वडामा पुगेर गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनाको प्रगति, गुणस्तर र कार्यान्वयन अवस्थाबारे सम्बन्धित अधिकारी, प्राविधिक तथा स्थानीयसँग जानकारी लिनुभएको हो ।

अनुगमनका क्रममा चालु आर्थिक वर्षमा सञ्चालन हुने नयाँ आयोजना तथा कार्यक्रमका लागि आवश्यक तयारी र सम्भावित कार्यस्थलको समेत अवलोकन गरिएको थियो । योजनालाई समयमै कार्यान्वयनमा लैजाने, गुणस्तरीय तथा परिणाममुखी बनाउने विषयमा सम्बन्धित निकाय र मन्त्रालयसँग आवश्यक समन्वय तथा पहल गरिने सभापति ढकालले बताउनुभयो ।

स्थलगत अनुगमन टोलीमा जिल्लास्थित सहरी विकास, सिँचाइ, सडक, भौतिक पूर्वाधार, भूमिगत सिँचाइ तथा नारायणी तटबन्धन कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

सभापति ढकालले सहरी विकास, सिँचाइ, सडक, भौतिक पूर्वाधार, भूमिगत सिँचाइ तथा तटबन्धनलगायत क्षेत्रमा भइरहेका र आगामी योजनालाई समयमै, गुणस्तरीय तथा परिणाममुखी रूपमा अघि बढाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल भइरहेको बताउनुभयो ।

यसैबीच, सभापति ढकालले केही दिनअघि जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखसँग चालु आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयनका विषयमा छलफल गर्नुभएको थियो ।

विकास निर्माणका आयोजना तथा कार्यक्रम तोकिएको समयसीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न तथा जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर बजेटको प्रभावकारी कार्यान्वयन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निरन्तर पहल गरिने उहाँले बताउनुभयो ।