२२ भाद्र २०८३, सोमबार
,
Latest
हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता पर्साबाट फरार प्रतिवादी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि राजधानीमा बिजुली बस, रक्षामन्त्री पोखरेलद्वारा शुभारम्भ



अ+ अ-

काठमाडौं । आजदेखि राजधानी काठमाडौंमा बिजुली बस गुड्न थालेका छन् । भृकुटीमण्डपमा एक कार्यक्रमका बीच उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिजुली बसको शुभारम्भ गरे । पोखरेलले बिजुली बस शुभारम्भ गर्दै सानो सुरुआती प्रयास भए पनि विकासका लागि यो परिवर्तनको संवाहक भएको बताए ।

बिजुली बसको उद्घाटन गरेपछि उपप्रधानमन्त्री पोखरेल बिजुली बस चढेर टुँडिखेल घुमेका छन् ।सुन्दर यातायात कम्पनीले दुई वटा बिजुली बस सञ्चालनमा ल्याएको हो। यी बस रिङरोडमा सञ्चालन चल्नेछन्। केहीदिनमै थप २ बिजुली बस सञ्चालनमा आउने सुन्दर यातायातले जनाएको छ ।

‘अरु २ वटा पनि काठमाडौं आइसक्यो, केही दिनमै यी बस पनि थपिन्छन्’ सुन्दर यातायातका सञ्चालक सुरेश पोखरेलले भने । यी बस फूल चार्ज गरेपछि २६५ किलोमिटरसम्म गुड्न सक्ने छन्। यसको उच्चतम गति प्रतिघण्टा ६९ किलोमिटरसम्म रहेको छ।




भर्खरै