१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत प्राधिकरणका प्रमुखसहित २ जनाविरुद्ध मुद्दा



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण त्रिवेणी उपवितरण केन्द्र नवलपरासी (पूर्व) का कार्यालय प्रमुखसहित दुईजनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले कार्यालय प्रमुख बिजयकुमार महरा र फोरम्यान (चौथो तह) का मेघराज काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुलाई सेवाग्राहीसँग ४६ हजार ५ सय ५५ रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

थ्रीफेज विद्युतीय लाइन जडान गर्ने कार्यका लागि ९० हजार घुस दिने राजु आचार्य सजाय माग दाबीमा पूर्ण छुट दिइ अख्तियारको साक्षीको रुपमा प्रस्तुत गरिने प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।