१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्भडहलका लागि जग्गा उपलब्ध गराउने मन्त्रीको प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलको मान्यता पाएको भलिबल संघलाई कर्भहल निर्माणका लागि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल संघले आयोजना गरेको विदाई कार्यक्रममा टोलीलाई शुभकामना दिँदै जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । राष्ट्रिय खेलकुद परिषदको परिसरमा रहेको पुरानो पौडी पोखरीको स्थानलाई कर्भड हल निर्माण गर्न पहल गर्ने जनाएका हुन् ।

२०७२ सालको भुकम्पका कारण भत्काएको पौडी पोखरी र त्यसैको आँडमा रहेको लन टेनिसको जग्गा अहिले प्रयोग विहिन छ । जसमा नेपाल भलिबल संघलाई दिन पहल गर्ने मन्त्री गहतराजले प्रतिबद्धता जनाएका हुन् । विदाई कार्यक्रममा नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले राष्ट्रिय खेल भए पनि सरकारबाट सहयोग नभएको, संघ सञ्चालन गर्न पनि धौःधौ भएको भन्दै मन्त्री सामु गुनासो पोखेका थिए ।