७ भाद्र २०८३, आईतवार
,
Latest
म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण ‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’ शिक्षाको समस्या स्वीकार गरेर मात्र समाधान सम्भव छः शिक्षामन्त्री पोखरेल विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, संकलित आवाजलाई कानूनी रूप दिइने वैदेशिक रोजगारी छाडेर स्वदेशमै सुकुटी व्यवसाय, मोरङ लक्ष्मीमार्ग बन्दै ‘सुकुटी बजार’ विद्यालय तहको शिक्षा क्षेत्रलाई संघीय सरकारले अनावश्यक हस्तक्षेप गर्न मिल्दैनः अध्यक्ष ढुंगाना तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको उपाधि मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’ कांग्रेसमा प्रवेश गरे रास्वपाका पूर्वनगर सभापति न्यौपाने रास्वपा सभापति लामिछानेको चीन भ्रमण स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सभापति लामिछानेको चीन भ्रमण स्थगित



अ+ अ-

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तय भएको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ ।

लामिछाने यही भदौको पहिलो साता चीन भ्रमणमा जाने तयारीमा थिए । तर, भ्रमणको कार्यक्रम हाललाई रोकिएको स्रोतले जनाएको छ । भ्रमणको नयाँ मिति भने अहिलेसम्म तय भइसकेको छैन ।

स्रोतका अनुसार लामिछाने अब असोजतिर चीन भ्रमणमा जाने सम्भावना छ । यसअघि उनी भदौ ७ देखि १४ गतेसम्म चीन जाने कार्यक्रम तय भएको थियो ।

लामिछानेले पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमण गर्ने तयारी थियो । भ्रमणका क्रममा राजधानी बेइजिङ पुग्नुका साथै तिब्बतस्थित कैलाश मानसरोवरसमेत जाने कार्यक्रम बनाइएको थियो ।

भ्रमण स्थगित हुनुको कारणबारे भने रास्वपाले औपचारिक रूपमा केही जानकारी दिएको छैन ।