१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीकाे भेटवार्ता, निकट भविष्यमा चीनबाट उच्चस्तरीय भ्रमणकाे सम्भावना



अ+ अ-

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका साथै आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

उहाँहरूले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले सञ्चारकर्मीलाई बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूले गरेको चीनको राजकीय भ्रमणकोे स्मरण गर्दै त्यसबेला भएका सहमति कार्यान्वयन गर्दै आपसी सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफू क्रियाशील रहेको मन्त्री वाङलाई बताउनुभएको थियो ।

“हामी विगतका सहमतिअनुसार अघि बढ्न चाहन्छौंँ र तपाईंको यो भ्रमणले त्यसतर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास छ”, प्रधानमन्त्रीलाई उद्धृत गर्दै सल्लाहकार डा भट्टराईले भन्नुभयो ।

चिनियाँ विदेशमन्त्री वाङले शैक्षिक, सामाजिक, पूर्वाधार विकासलगायत द्विपक्षीय सम्बन्धका विभिन्न आयाम र सहयोगका सबै क्षेत्रलाई दुवै मुलुकले विस्तार गर्न चाहेको बताउँदै नेपालसँगको सम्बन्धलाई आफ्नो देशले उच्च महत्व दिएको प्रधानमन्त्री ओलीलाई बताउनुभएको थियो ।

प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपाल सधैँ अडिग रहेको र नेपालको भूभाग छिमेकीविरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता दोहो¥याउनुभएको थियो । विदेशमन्त्री वाङले उपयुक्त समयमा चीनबाट उच्चस्तरीय भ्रमण हुने र त्यसका लागि आवश्यक तयारी भइरहेको बताउनुभएको सल्लाहकार डा भट्टराईले जानकारी दिनुभयो ।