२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

बालुवाटारमा गठबन्धनको बैठक सकियो, केहीबेरमै सर्वदलीय बैठक बस्दै

बालुवाटारमा गठबन्धनको बैठक सकियो, केहीबेरमै सर्वदलीय बैठक बस्दै
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठक सकिएसँगै सर्वदलीय बैठकको तयारी भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ दलहरुको बैठक बसेको हो । गठबन्धनको बैठक सकिएलगत्तै सर्वदलीय बैठकको तयारी भएको छ । 

प्रधानमन्त्रीको सचिवालय अनुसार नेताहरू बैठकका लागि आउने क्रम जारी रहेको छ । 

एमसीसी लगायत संसद्‌मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादवलगायनका नेता सहभागी थिए । 

यद्यपि, संसद्को ठूलो दल प्रमुख विपक्षी नेकपा एमाले भने सहभागी नहुने भएको छ। 

प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा एमाले अनुपस्थित रहँदै आएको छ ।