१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा गठबन्धनको बैठक सकियो, केहीबेरमै सर्वदलीय बैठक बस्दै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठक सकिएसँगै सर्वदलीय बैठकको तयारी भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ दलहरुको बैठक बसेको हो । गठबन्धनको बैठक सकिएलगत्तै सर्वदलीय बैठकको तयारी भएको छ । 

प्रधानमन्त्रीको सचिवालय अनुसार नेताहरू बैठकका लागि आउने क्रम जारी रहेको छ । 

एमसीसी लगायत संसद्‌मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादवलगायनका नेता सहभागी थिए । 

यद्यपि, संसद्को ठूलो दल प्रमुख विपक्षी नेकपा एमाले भने सहभागी नहुने भएको छ। 

प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा एमाले अनुपस्थित रहँदै आएको छ ।