८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली सेनाद्वारा वेस्ट बैंकमा भएको गोलीकाण्डमा संलग्न ४ संदिग्ध पक्राउ



अ+ अ-

जेरुसेलम । इजरायली सेनाले आइतवार आफ्नो सेनाले कब्जा गरेको वेस्ट बैंकमा एक घातक गोलीबारीमा भाग लिएको विश्वास गरिएका चार प्यालेस्टाइनी संदिग्धहरूलाई पक्राउ गरेको छ।

बिहीबारको घटनामा कम्तिमा एक प्यालेस्टिनी बन्दुकधारीले वेस्ट बैंकको बस्ती चौकीको छेउमा यहूदी सेमिनरीका विद्यार्थीहरूले भरिएको कारमा गोली चलाएको थियो। उक्त घटनामा इजरायली सरकारले गैरकानुनी मानेको होमेश नजिकै २५ वर्षीय येहुदा डिमेन्टम्यानको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए।

सेनाले संदिग्धहरूलाई जेनिन नजिकैको सिलाट अल(हारेतियाको उत्तरी वेस्ट बैंक गाउँमा पक्राउ गरिएको थियो र थप अनुसन्धानको लागि सुरक्षा बललाई हस्तान्तरण गरिएको गरेको जनाएको छ ।

इजरायली सीमा प्रहरीले आक्रमणकारीसँगै राइफल र गोलाबारुदको भण्डारको तस्वीरहरू पनि सार्वजनिक गरेको छ । इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले आतङ्ककारिको पक्राउका लागि सुरक्षा बलहरूलाई बधाइ दिएका छन् ।

इजरायल(प्यालेस्टिनी हिंसाको एक हफ्ता पछि यो घटना देकीएको हो। यस महिनाको शुरुमा एक प्यालेस्टिनी आक्रमणकारीले जेरुसेलमको पुरानो शहर बाहिर एक अल्ट्रा(अर्थोडक्स यहूदीलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएको थियो।  त्यसको ठीक एक हप्ता अघि एक हमास लडाकुले पुरानो शहरमा गोली चलाउँदा एक इजरायलीको मृत्यु भयो।

इजरायलले १९६७ मध्यपूर्व युद्धमा पूर्वी जेरुसेलम र वेस्ट बैंक कब्जा गरेको थियो र उक्त  क्षेत्रहरूमा हाल ७००,००० इजरायली बसोबास गर्ने घरहरू छन्। धेरैजसो अन्तरराष्ट्रिय समुदायले इजरायली बस्तीहरूलाई शान्ति स्थापनाका निम्ति  अड्चन ठान्छन्। प्यालेस्टाइनीहरूले पूर्वी जेरुसेलम र वेस्ट बैंकलाई भावी स्वतन्त्र राज्यको रूपमा खोजिरहेका छन्। (रासस-एपी)