१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि

७ अर्व ४३ करोड ६३ लाख करछलीमा बोटलर्स नेपाल बिरुद्ध मुद्दा दायर

७ अर्व ४३ करोड ६३ लाख करछलीमा बोटलर्स नेपाल बिरुद्ध मुद्दा दायर
अ अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेडविरुद्ध राजस्व चुहावट गरेको कसुरमा रु सात अर्ब ४३ करोड ६३ लाख ८२२ मागदावी गर्दै उच्च अदालत पाटनमा आज अभियोग दायर गरेको छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१) (संसोधित दफा २३ १)) बमोजिम बिगो रकम रु तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ असुल गरी बिगोको शत प्रतिशत जरिवाना रु तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ गरी जम्मा रु सात अर्ब ४३ करोड ६३ लाख ८२२ मागदावी विभागले मुद्दा दायर गरेको हो । अफसोर इनडाइरेक्ट ट्रान्जेक्सनमार्फत बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा भएको परिवर्तनअनुसार कर दायित्व बहन नगरी बोटलर्सले राजस्व चुहावटको गरेको पुष्टि भएको विभागले जनाएको छ ।

नेपाल स्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुवई स्थित कम्पनि कोका कोला साब्को एशियाको शत प्रतिशत शेयर मिति २०७१ कात्तिक ७ गते कोका कोला साब्कोले आयरलैण्ड स्थित यूरोपियन रिफ्रेसमेन्टलाई विक्री गरेको कारणबाट बटलर्स नेपाल लिमिटेडमा रहेको निहित शेयर स्वामित्वमा परिवर्तन भै सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको कसुरको संक्षिप्त विवरणमा उल्लेख छ ।

कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टबीच शेयर कारोबार हुँदाको समयमा बोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य रु. ३,८८३।०० हुने र सोमा कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरीद मुल्य रु. ५३६।०० लाई लागतको रुपमा घटाउँदा हुन आउने रकम रु. ३,३४७।०० प्रतिकित्ता पूँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको विभागले उल्लेख गरेको छ । विभागका अनुसार सोही आधारमा कोकाकोला साब्को एशियाको बोटलर्स नेपालमा रहेको शेयर संख्या १४८४३०१ को बिक्री वापत जम्मा रु. ४,९६,७९,५५,४४७।०० पूँजीगत लाभ कायम हुने र सोमा आयकर ऐन, २०५८ को अनुसुची १ को दफा २(१) बमोजिम २५ प्रतिशतका दरले रु १,२४,१९,८८,८६२।ण्०० ऐ.ऐनको दफा ७(१) बमोजिमको शुल्क (०.१ प्रतिशत) का दरले हुने रु. ३,४१,००,९५०।०० ऐ. दफा ११८ बमोजिमको व्याज १५ प्रतिशतका दरले हुने रु.९,७८,०६,६२२।००, ऐ. दफा ११९ बमोजिमको व्याज १५ प्रतिशतका दरले हुने रु. १,१०,२२,६५,११५।०० र ऐ.ऐनको दफा १२०(ख) बमोजिमको शुल्क रु १,२४,१९,८८,८६२।०० समेत कुल विगो रु. ३,७१,८१,५०,४११।०० राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २को उपदफा (छ१) बमोजिमको बिगो बराबरको राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको छ ।

बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनीले ठूला करदाता कार्यालयलगायत सम्बन्धित निकायहरुमा कुनै जानकारी नदिई तथा शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडिको आयकर ऐन २०५८ को दफा ५७ को प्रक्रया पूरा गरी आ.व. २०७१÷७२ को छुट्टाटुट्टै आय विवरण पेश नगरी तथा निहित शेयर स्वामित्वमा परिवर्तन भएको कारणले सिर्जना हुने आयकर ऐन २०५८ बमोजिमको कर दायित्व पुरा नगरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन २०५२ को दफा ४ को देहाय (क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको विभागले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।

विभागले बोटलर्स कम्पनीको प्रबन्ध निर्देशक र आर्थिक कारोबार तथा लेखापरीक्षणको मुख्य जिम्मेवारीमा रहेका आठ व्यक्तिलाई विपक्षी बनाई मुद्दा दायर गरेको छ । प्रतिवादीहरुमा कम्पनीका प्रबन्ध निर्देशकद्वय प्रदीप पाण्डे र पुनित चन्द्रपाल भस्र्नी, वित्त व्यवस्थापकत्रय राजिव टण्डन, भरतबाबु दाहाल र सुमित गोयल, वित्त नियन्त्रक अशोकुमार मण्डल, बोर्ड सदस्य डा त्रिलोचन उप्रेती र चार्टर्ड एकाउन्टेन्ट संजिवकुमार मिश्र रहेका छन् ।