४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

एक सातामा नेप्से ७३.२३ अंकले गिरावट, १ खर्ब २ अर्ब ८२ करोड रुपैयाँ लगानीकर्ताले सम्पत्ति गुमाए

एक सातामा नेप्से ७३.२३ अंकले गिरावट, १ खर्ब २ अर्ब ८२ करोड रुपैयाँ लगानीकर्ताले सम्पत्ति गुमाए
अ+ अ-

काठमाडौँ । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३.२३ अंकले गिरावट आएको छ ।

गत साताको अन्तिम कारोबार बिहिबार नेप्से  ५.८४ अंकले घटेर २ हजार ४४९.९७ बिन्दुमा रोकिएको थियो । साताको ५ दिन भएको कारोबारमा ७३.२३ अंकले ओरालो लागेर २ हजार ३७६.७४ विन्दुमा रोकिएको छ । यो साता नेप्से परिसूचकमा निकै ठूलो उतारचढाव आएको छ ।  मौद्रिक नीतिको समिक्षा पछि १५ दिनदेखि लगातार ओरालो लागेको नेप्से यो साता प्रचण्डको अभिव्यक्तिका कारण बजारमा धेरै विचलन आएको छ ।

गत शनिवार प्रचण्डले एक कार्यक्रममा सेयर बजार साम्राज्यबादको उन्नत रुप भएको टिप्पणी गरेका थिए। उनको उक्त टिप्पणी कै कारण साताको चार दिन बजारले गति लिन सकेन । तर, मंगलबार भने शेयर बजार ६ प्रतिशतले बढ्दा ४० मिनेटको लागि कारोबार नै बन्द भएको थियो ।

नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ८८.७० अंकले घटेर २ हजार ३६१.२७ विन्दुमा झरेको  थियो । आइतबार ८८.७० अकले घटेको नेप्से परिसूचक २३ सयको विन्दुमा रोकियो ।त्यस्तै सोमबार ७९.२३ अंकले घटेर नेप्से २ हजार २८२.०१ बिन्दुमा रोकिएको थियो । आइतबार २३ सय बिन्दुमा रोकिएको नेप्से सोमबार २२ सयको बिन्दुमा झरेको थियो । तर, मंगलबार भने नेप्से परिसूचकमा हरियाली छाएको थियो । प्रचण्डको भाषणपछि घटेको शेयर बजार मंगलबार  ६ प्रतिशतले बढेर  १ बजेर ३५ मिनेटमा नै कारोबार बन्द भएको थियो । मंगलबार १३७ अंकले बढेको थियो । यसरी नेप्से १३७ अंकले बढेर २ हजार ४१८ अंकमा उक्लिसकेको थियो । उक्त दिन १ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार भने नेप्से परिसूचक ४.२३ अंकले घटेर २ हजार ४१४.६२ मा ओर्लिएको थियो । त्यस्तै,साताको अन्तिम कारोबारका दिन विहिबार पनि ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ विन्दुमा झरेको छ ।

यो साता बजार पुँजीकरणका हिसाबले ५ दिनमा कगानीकर्ताले १ खर्ब २ अर्ब ८२ करोड रुपैयाँ सम्पत्ति गुमाएका छन्। पछिल्लो एक सातामा लगानीकर्ताको सम्पत्ति १ खर्ब २ अर्ब ८२ करोड रुपैयाँले घटेर कुल बजार पुँजीकरण ३३ खर्ब ४१ अर्ब ४४ करोड रुर्पैयाँमा संकुचित बनेको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३४ खर्ब ४४ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, प्रचण्डको अभिव्यक्तिका कारण आइतबार र सोमबार दुई दिनमा लगानीकर्ताले २ खर्ब ३६ अर्ब रुपैयाँ गुमाएका थिए । ३४ खर्ब रहेको पुँजीबजार सोमबारको पुँजीकरण ३२ खर्ब ७ अर्बमा आएको थियो ।

नेप्से परिसूचकको बजार पुँजीकरण ४५ खर्ब रुपैयाँ पुगेको थियो । तर, पछिल्लो समय निरन्तर रुपमा बजार घट्दै बजार अहिले ३३ खर्बमा सीमित भएको छ । पुँजी करिब ४५ खर्ब रुपैयाँ पुगेको बजारले यो बीचमा करिब १२ खर्ब रुपैयाँ गुमाइ सकेको छ । यसरी बजार निरन्तर रुपमा घट्दा सरकारले समेत अर्बौं रुपैयाँको राजस्व गुमाएको छ ।

करिव पाँच महिना देखि शेयर बजार बियरिस ट्रेन्डमा रहेको छ । यसरी बियरिस ट्रेन्डमा रहेको बजारमा पछिल्लो एक सातामा माथिल्लो तहका व्यक्तिहरुको अभिव्यक्तिका कारण बजारमा पहिरो जान साथ दिएको देखिन्छ । नेताहरुले शेयर बजारको विषयमा भएका अभिव्यक्तिले गर्दा अहिले ४६ लाख शेयर लगानीकर्ता निकै त्रसित बन्दै गएका छन् ।