२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको सपथ ग्रहण कार्यक्रमस्थलमै झडप, नेता यादव घाइते



अ+ अ-

महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्वर २ अन्तर्गतको २ जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमस्थलमै झडप हुँदा प्रदेश नम्बर २ का प्रदेश कमिटी सदस्य देवनाथ यादव घाइते भएका छन् ।

विवादका बीच महोत्तरीको बर्दिबासस्थित सेवा समितिको हलमा सिरहा र सप्तरी जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम राखिएपछि झडप भएको हो । यादव सप्तरीको राजविराज नगरपालिका– ८ मा बस्छन् । झडपका क्रममा प्रहरीको लाठी चार्जबाट उनको टाउकोमा चोट लागेको जनाइएको छ ।

मनोनयनमा पार्टीका नेताहरुले एकलौटी गरेको भन्दै एक समूहले विरोध गर्दै आएको थियो । विरोधका बीच अरु जिल्लाको सपथ कार्यक्रम स्थगित गरेर सिरहा र सप्तरीको सपथग्रहण तय गरिएको थियो । शपथ ग्रहण गराउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल आउने तयारी थियो । तर पार्टी भित्रकै विवादका कारण सहभागी नभएको बताइएको छ ।

झडपपछि प्रहरीले अध्यक्ष प्रभु साहलगायतलाई सुरक्षित स्थलतर्फ लगेको छ भने अहिलेपनि कार्यक्रमस्थल शान्त बनेको छैन ।