२२ भाद्र २०८३, सोमबार
,
Latest
पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलिबाबाको अध्यक्षबाट किन दिए ज्याक माले राजिनामा ?



अ+ अ-

बेइजिङ – विश्वकै सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्प्नीको अध्यक्षको पदबाट मंगलबार राजिनामा दिनुभएको छ । अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजिनामा दिनुभएको हो ।


चीनमा स्थापित यस अनलाइनले विश्वमै इ–कमर्शका क्षेत्रमा प्रभाव सिर्जना गरेको छ । चीनकै एकजना सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका ज्याक माले आफ्नो ५५औं जन्मदिनका दिन समूहको अध्यक्ष पद छाडेको घोषणा गर्नुभएको हो । उहाँले एक वर्षअघि नै अध्यक्ष पद त्याग्ने बताउँदै आउनुभएको थियो ।

उहाँ अलिबाबा पार्टनरसिपको सदस्यका रुपमा भने कम्पनीमा रहनुहुनेछ । छत्तीस जना सदस्य रहने यो अलिबाबा पार्टरनसिपले कम्पनीका सञ्चालक सदस्यहरु छान्ने अधिकार राख्दछ ।
विगतमा अंग्रेजी शिक्षक रहेका माले सन् १९९९ मा अलिबाबा इ–कमर्श अनलाइन सेवा शुरु गर्नुभएको थियो । शुरुमा यो कम्पनीले चिनियाँ निर्यातक र अमेरिकी खुद्रा व्यापारीलाई जोड्ने पुलको रुपमा काम गर्दथ्यो ।

चीनको बढ्दो उपभोक्ता बजारलाई शुरुका दिनमा केन्द्रित गरेपनि पछि यस कम्पनीले अनलाइन बैंकिङ, मनोरञ्जन र कम्प्युटिङका क्षेत्रमा लगानी बढाएको थियो । गत जुनमा पहिलो त्रैमासिक विवरणमा कम्पनीको कूल राजश्व करिब १७ अर्ब डलर रहेको थियो जसमा चीनभित्रैबाट व्यवसायको हिस्सा करिब ६६ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

चिनियाँ खुद्रा बजारमा हाल अमेरिकी करवृद्धिले ठूलै असर पारेको छ । अमेरिकी करवृद्धिले चिनियाँ सामानको अमेरिकी बजारमा प्रवेश महंगो हुँदै गएको छ ।

अनलाइन बिक्रीमा पनि सन् २०१९ को आधा समयमा करिब १८ प्रतिशतले कमी आएको छ । चीनकै पनि आर्थिक वृद्धिमा मन्दी आएको छ ।

अलिबाबाका अनुसार, तैपनि अघिल्लो वर्षको तुलनमा कम्पनीको नाफा करिब तीन अर्ब डलरले बढेको छ । तर यो वृद्धिको मुख्य कारण सन् २०१८ को राजश्व आम्दानीका कारण सिर्जना भएको हो ।

अलिबाबाको इ–कमर्श प्लेटफर्मबाट गत वर्ष ८५३ अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको थियो । जबकी अमेरिकाको सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अमेजनबाट २७७ अर्ब अमेरिकी डलरको कारोबार भएको थियो ।

ज्याक माको स्थानमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डानियल झाङ नियुक्त हुने सम्भावना छ । झाङ यसअघि एकाउन्टेन्ट रहनुका साथै अलिबाबा कम्पनीका प्रमुख योजनाकार हुनुहुन्छ । उहाँले यसअघि कम्पनीकै अर्को सहायक टीमाल डट कमको बिजनेस एकाईको अध्यक्षका रुपमा कार्य गर्नुभएको थियो ।
––




भर्खरै