४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मनिखरबीच नेपाल–साउदी अरब द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ।

परराष्ट्र मन्त्रालयमा बिहीबार भएको शिष्टाचार भेटमा नेपाल र साउदी अरबबीचको द्विपक्षीय सम्बन्ध, श्रम गतिशीलता, आर्थिक सहकार्य तथा साझेदारीका विषयमा विचार आदानप्रदान भएको हो।

भेटमा साउदी अरबमा रहेका तथा कार्यरत नेपाली नागरिकको हित, कल्याण र सुरक्षासँगै कन्सुलर सेवासम्बन्धी विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, भेटवार्तामा पछिल्लो समय पश्चिम एसियामा विकसित भइरहेका घटनाक्रमबारे समेत विचार आदानप्रदान भएको थियो।

नेपाल र साउदी अरबबीच श्रम तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै नेपाली श्रमिकको हित र कल्याण सुनिश्चित गर्ने विषयमा समेत छलफल केन्द्रित रहेको जनाइएको छ।