१३ आश्विन २०८१, आईतवार
,
Latest
समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेबि संघद्वारा त्रिभुवन बिश्वबिद्धालय परिसरमा बिरुवा रोपेर विपि जन्म जयन्ती मनाईयो



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघको नेतृत्व नेपाली कांग्रेसका नेता बिपि कोइरालाको १०६ औ जन्म जयन्तीको अवसर पारेर आज त्रिभुवन बिश्वबिद्धालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन बिश्वबिद्धालय परिसरमा नेपाल विद्यार्थी संघले करिब तीन सय रुख रोपेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री एनपी साउदको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको बिशिस्ट आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि रहेका नेता साउदले बिपिको बाटोमा हिडे मात्रै देस समृद्ध र सुखी नेपाली हुने बताए। उनले कांग्रेसले बिपि कोइरालाको जन्म जयन्ती मनाउदा गर्व गर्नुपर्ने पनि जिकिर गरे ।

कार्यक्रममा प्रतिपक्ष दलका विद्यार्थी संगठनहरुका नेताको पनि सहभागी रहेको थियो। सहभागी बिपक्षी दलका विद्यार्थी संगठनका नेताहरूले बिपि कोइराला दुरदर्शि नेता भएको भन्दै कोइरालाको समाजावाद खुलेरै प्रसंसा पनि गरेका थिए ।

अखिल पाचौका अध्यक्ष घनश्याम मिश्र,अखिल नेपाल बिध्यार्थी यूनियन अध्यक्ष प्रबिन मिश्र,अखिल बैध्यका महासचिब पेशल दहाल,अखिल (गोपाल किराती) महासचिब सुन्दर रायमाझी,समाजबादी बिध्यार्थी यूनियनका उपाध्यक्ष बिबेक ओलि नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पवन यादव, सह महामन्त्री प्रेम राज जोशी, त्रिभुवन बिश्वबिद्धालयका नेपाल विद्यार्थी संघा पुर्व अध्यक्ष शंकर पौडेल, नेपाल आधिवाशी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पा लगायत नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो ।