१३ आश्विन २०८१, आईतवार
,
Latest
प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाबो किरा मार्न नसक्ने पनि सरकार: काँग्रेस नेता पौडेल



अ+ अ-

देशमा डेङ्गुका कारण हजारौ जनताहरु विरामी हुने अवस्था भएपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कडा रुपमा आलोचना गरेका छन् । कांग्रेसको जागरण अभियान अन्तर्गत पोखरामा आयोजना गरिएको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले जाबो किरा मार्न नसक्ने पनि सरकार भन्दै सरकारको कडा आलोचना गरेका हुन् ।

‘डेंगुको यत्रो प्रकोप फैलिएको छ,’ उनले भने,‘हस्पिटलहरु भरिन थालिसके । लामखुट्टे लखेट्ने काम पनि सरकार गर्न सकिरहेको छैन ।’ तत्काल टोली पठाएर लामखुट्टे हटाउनुपर्नेमा त्यति काम पनि गर्न नसकेको भन्दै उनले सरकारप्रति आक्रोश पोखे । ‘यल्ले मेसै पाएको छैन । यसलाई काम गर्ने मेसो छैन,’ उनले भने ।

सरकारले एकातिर सपना देखाएर अर्कैतिर काम गरेको पनि उनको आरोप रहेको छ । जनतालाई निराश पार्ने काम सरकारले गरि रहेको उनले बताए । ‘यो सरकार वास्तवमा असफल भई सकेको छ । दुई तिहाई मतको घोर दुरुपयोग गरि रहेको छ,’ उनले भने ।