१३ आश्विन २०८१, आईतवार
,
Latest
समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बजारः नेप्से घट्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.२४ बिन्दुले घटेर एक हजार १६६.६७ बिन्दुमा झरेको छ । अपराह्न १ बजेसम्म एक हजार ६१.९३ बिन्दुमा झरेको नेप्से क्रमशः उकालो लागेर २ बजेर २० मिनेटसम्म एक हजार १७२.८२ मा पुगेको थियो । पुनः नेप्से ओरालो लागेर बजार बन्द हुँदा एक हजार १६६.६७ मा सीमित भयो ।

नेप्से घटेपनि ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२१ बिन्दुले बढेर २५५.५७ मा पुगेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम समेत सस्तैमा समेटिएको छ । कूल १७२ कम्पनीको नौ लाख ९२ हजार १२२ कित्ता शेयर रु २३ करोड ७९ लाख ५९ हजार ६५३ मूल्यमा खरीद बिक्री भएको छ ।

स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ । होटल २८.८७, विकास बैङ्क २.०६, निर्जीवन बीमा २२.८२ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले बढ्दा बैङ्किङ १.७५, व्यापार ०.०१, जलविद्युत् ८.०२, वित्त ३.०१, उत्पादन १६.६६, अन्य १.७८, लघुवित्त ४.१२ र जीवनबीमा २६.२१ ले घटे । कारोबारका आधारमा आज कुमारी बैङ्क शीर्ष स्थानमा रह्यो ।

सो बैंकको रु एक करोड २५ लाख ९९ हजार ८२९ बराबरको शेयर खरिदबिक्री भयो । यस्तै एनआइसी एसिया रु एक कारेड २३ लाख दुई हजार ४०६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड आठ लाख ३६ हजार ३९७, कृषि विकास बैङ्क रु ९० लाख ३९ हजार ३६६, नेपाल बैङ्क लिमिटेड रु ८६ लाख १८ हजार ९४५ र रसुवागढी जलविद्युत् कम्पनीको रु ७४ लाख ४९ हजार बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ६.७२ प्रतिशतले कमाउँदा माउन्टेन हाइड्रो ६.०२, नविल इक्विटी फण्ड ५.९१, साङ्ग्रीला डेभलपमेन्ट बैङ्क ४.२९ र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३.७५ प्रतिशतका दरले कमाए ।

यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ४.४६, अरुण काबेली पावर ४.१०, कञ्चन डेभलपमेन्ट बैंक ३.८०, युनिभर्सल पावर कम्पनी ३.७५ र नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.५४ प्रतिशतले गुमाए ।