१३ आश्विन २०८१, आईतवार
,
Latest
समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय धराशायी



अ+ अ-

भक्तपुर । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालकहरुले तीन तहको कर र अनिवार्य स्थायी लेखा नम्बर (प्यान) ले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सङ्कटमा परेको बताएका छन् । भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको आज यहाँ भएको पाँचौँ वार्षिक साधारणसभामा व्यवसायीहरुले यस्तै अवस्था रहे व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ महासङ्घका केन्द्रीय अध्यक्ष लीला जिसीले साना व्यवसायीलाई करको चाङ थोपरिएको आरोप लगाए । व्यवसायीलाई सेवा र सुविधा नदिने तर तीन तहको तेब्बर कर तिर्नुपर्ने बाध्यात्मक अवस्थाले व्यवसाय नै धराशायी बनेको बताउँदै उनले पार्टी प्यालेसहरुमा कार्यरत एक लाख ५० हजार मजदुरको रोजगारीसमेत धरापमा परेको बताए ।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिले उद्योग–व्यवसायलाई सरकारले सेवा सुविधा थपेर प्रोत्साहन गर्नुपर्नेमा व्यवसायीलाई हतोत्साही पार्ने काम हुन नहुने बताए ।

कार्यक्रममा सङ्घका अध्यक्ष सचिन श्रेष्ठले भक्तपुरमा निर्माण भइरहेको महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको भवन निर्माणका लागि रु एक लाख ५० हजार सहयोग रकम भवन निर्माण समितिका अध्यक्ष नवीन प्रजापतिलाई हस्तान्तरण गरे। साथै, उनले महासङ्घको अक्षयकोष स्थापनाका लागि रु ५० हजार प्रदान गर्ने घोषणा गरे ।