३ भाद्र २०८३, बुधबार
,
Latest
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी वागमतीमा एमालेका किरण थापालाई राप्रपाको समर्थन छैन : अध्यक्ष लिङ्देन सरकारको कार्यशैली र बजेटप्रति कांग्रेस सांसद केसीको आपत्ति विपद् व्यवस्थापन र सुशासनको सवालमा सरकार असफल भएको सांसद शाहको आरोप मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन



अ+ अ-

काठमाडौँ । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमालेका किरण थापामगरले दाबी पेस गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार गठनमा समर्थन गर्ने सहमति जनाएसँगै थापाले बुधबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि थापाले ६३ सांसदको समर्थन जुटाएका छन्। उनको पक्षमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसद गरी ६३ सांसदको समर्थन रहेको जनाइएको छ।
मुख्यमन्त्रीमा दाबी पेस गर्दा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा तथा नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थनपत्रमा हस्ताक्षर गरेका छन्।

यसअघि राप्रपाले प्रदेश सरकार गठनमा सहभागी नहुने बताउँदै आएको थियो। तर, सरकार गठनका विषयमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिइएको थियो। अन्ततः राप्रपाले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेपछि थापाको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।

अब प्रदेश प्रमुखले संविधानअनुसार थापाको दाबी र समर्थनको आधार अध्ययन गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनेछन्।