२ भाद्र २०८३, मंगलवार
,
Latest
दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा भक्तपुरका सांसद किरण थापालाई अघि बढाउने गरी सहमति जुटाएको छ ।

मङ्गलबार पार्टी केन्द्रीय सचिव महेश बस्नेत, राजन भट्टराईलगायत नेताहरूबीच भएको छलफलपछि थापालाई मुख्यमन्त्री बनाउने सहमति भएको हाे ।

सहमति अनुसार बागमती प्रदेशमा एमाले संसदीय दलको नेताको जिम्मेवारी भने जगन्नाथ थपलियाले नै सम्हाल्नेछन् । मुख्यमन्त्रीका रूपमा थापालाई अघि बढाउने र दलको नेता थपलियालाई कायमै राख्ने गरी नेतृत्व तहमा समझदारी भएको हो ।

यसअघि थपलियाविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता भएको थियो । पछिल्लो सहमतिपछि एमाले बागमती प्रदेश संसदीय दलको बैठक हेटौँडामा बसेर थापालाई मुख्यमन्त्रीका रूपमा औपचारिक रूपमा अघि बढाउने निर्णय गरेको छ ।

दलभित्रको विवाद समाधान गर्दै नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढाउने एमालेको तयारीसँगै बागमती प्रदेशको राजनीतिक समीकरणमा समेत नयाँ मोड आएको छ ।