काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न ४ बजे ललितपुरको पुल्चोकस्थित लघुवित्तपीडितहरूको धर्नास्थलमा सहभागी हुनुहुने भएको छ।
लघुवित्त संस्थाबाट पीडित भएको भन्दै लामो समयदेखि आन्दोलनरत पीडितहरूको मागप्रति ऐक्यबद्धता जनाउन पूर्वराष्ट्रपति भण्डारी धर्नास्थल पुग्न लाग्नुभएको हो।
भण्डारीले धर्नास्थलमा पुगेर लघुवित्तपीडितहरूसँग भेटघाट तथा उनीहरूका समस्या र मागबारे जानकारी लिनुहुने बताइएको छ।
लघुवित्तपीडितहरूले ऋणको ब्याज तथा जरिवाना मिनाहा, कर्जाको पुनर्संरचना तथा आफूहरूमाथि भएको भनिएको आर्थिक तथा सामाजिक शोषणको अन्त्यलगायत माग राख्दै आन्दोलन गर्दै आएका छन्।











