२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय चलचित्र पुरस्कारको सम्मान पाएपनि यस्को प्रेसरमा काम गर्दिनः नायिका स्वस्तिमा



अ+ अ-

नायिका स्वस्तिमा खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट यो बर्ष ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्राप्त गरेकी छिन् । चलचित्र ‘बुलबुल’मा गरेको उत्कृष्ट कामका कारण उनले यो सम्मान पाएकी हुन् । स्वस्तिमाको कलाकारिताको दर्शकहरुले खुलेर प्रशंसा गरेका थिए ।

तर, साउनमा रिलिज चलचित्र ‘हजार जुनी सम्म’मा उनको भूमिकालाई दर्शकहरुले त्यती रुचाउन भने सकेन् । धेरैले ‘राष्ट्रिय चलचित्र पुरस्कार’ जितेकी नायिकाबाट यस्तो खालको कामको अपेक्षा गर्न नसकिने टिप्पणी पनि गरेका थिए ।

तर, नायिका स्वस्तिमा खड्काले आफूले ‘राष्ट्रिय चलचित्र पुरस्कार’को प्रेसर लिएर कहिले पनि काम नगर्ने खुलस्त पारेकी छिन् । आफूले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘चपली हाइट ३’को पत्रकार सम्मेलनमा उनले भनिन्–‘हो, म हजार जुनी सम्ममा चुकेकी हुँ । तर, राष्ट्रिय पुरस्कार पाएपछि मात्र राम्रो काम गर्नुपर्छ भन्ने छैन । कलाकार भएका कारणले पनि राम्रो काम गर्नुपर्ने कर्तव्य मेरो हो ।’

उनले आफूले काम गर्न लागेका नयाँ चलचित्रमा शत प्रतिशत काम दिने प्रतिबद्धता समेत व्यक्त गरेकी हुन् ।