२ भाद्र २०८३, मंगलवार
,
Latest
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँः सांसद खातुन वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न माग विजय थापाको ‘आँसु बिक्ने सहर’ सार्वजनिक मकवानपुर स्कारपियो दुर्घटना : उपचारका क्रममा एक महिलाको मृत्यु सरकार जनसरोकारका मुद्दामा गैरजिम्मेवार बनेको अध्यक्ष राईको आरोप विपद् व्यवस्थापनदेखि परराष्ट्र नीतिसम्म सरकारको कार्यशैलीमाथि वर्षमान पुनको प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजय थापाको ‘आँसु बिक्ने सहर’ सार्वजनिक



अ+ अ-

काठमाडौँ ।  गायक तथा निर्देशक विजय थापाको स्वरमा सजिएको नयाँ आधुनिक गीत ‘आँसु बिक्ने सहर’ हिजो विजय थापाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

माया र विछोडको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको यस गीतमा शंकर भुजेलका शब्द रचना तथा एनिश एन्जल राईको संगीत रहेको छ। गीतको संगीत संयोजन बुद्ध स्याङबाले गरेका छन् भने प्रकाश केसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। यो गीत ड्रीम्स स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियोतर्फ भने गायक विजय थापा स्वयम्‌को निर्देशन रहेको छ।

भिडियोमा एमबी राउत, अप्सरा मगर र विजय थापाको मुख्य अभिनय रहेको छ। ओम प्रसाईंको छायांकन, सम्पादन र कलरिङ रहेको यस भिडियोमा उर्मिला लामाको शृंगार र ग्यालरी हाउसको पोस्ट प्रोडक्सन रहेको छ।

सार्वजनिक भएसँगै गीतलाई युट्युबमा दर्शक तथा श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।