४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जंगली हात्तीको आतंक नियन्त्रणको लागि वैज्ञानिक व्यवस्थापन गर्न माग

जंगली हात्तीको आतंक नियन्त्रणको लागि वैज्ञानिक व्यवस्थापन गर्न माग
अ+ अ-

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश पाठकले झापा–३ क्षेत्रमा बढ्दै गएको जंगली हात्तीको आतंक नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापनको नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पाठकले भारतबाट ठूलो संख्यामा नेपाल प्रवेश गरेका जंगली हात्तीका कारण झापा–३ का स्थानीयवासीको जनजीवन प्रभावित भएको बताउनुभयो। हात्तीको बथानले किसानले लगाएको धानबाली नष्ट गर्नुका साथै घरमा क्षति पुर्‍याउने र जुनसुकै बेला आक्रमण हुने जोखिम बढेको उहाँले बताउनुभयो।

उहाँका अनुसार जलथल जंगलमा रहेका हात्तीका कारण हल्दीबारीका सातघरे, अधिकारी चोक, रातमाटे हुँदै देउनियासम्मका बासिन्दा प्रभावित भएका छन्। बाह्रदशीका सुन्दरपुर, तिलबारी, सालघारी र मुजुरमाडी आसपासका किसानसमेत हात्तीको आतंकका कारण बसाइँ सर्नुपर्ने अवस्थामा पुगेका छन्। कचनकवल र भद्रपुर क्षेत्रमा पनि समस्या उस्तै रहेको उहाँले बताउनुभयो।

सांसद पाठकले हात्ती नियन्त्रणका लागि अपनाइएका उपाय प्रभावकारी बन्न नसकेको भन्दै प्रभावित क्षेत्रमा सुरक्षा संयन्त्रको उपस्थिति बढाउनुपर्ने माग गर्नुभयो। उहाँले हात्ती प्रभावित क्षेत्रमा उच्च क्षमताका ट्रान्सफर्मर जडान गर्न तथा सडकमा सोलार बत्तीको व्यवस्था गर्नसमेत सरकारको ध्यानाकर्षण गराउनुभयो।

उहाँले हात्तीको आतंकका कारण बालबालिका र वृद्धवृद्धाको सुरक्षामा स्थानीयवासी थप त्रसित बनेको बताउनुभयो। विद्युत् आपूर्ति कमजोर हुँदा घरमा पर्याप्त प्रकाश नहुने र सडकमा बत्तीको व्यवस्था नहुँदा रातको समयमा हात्तीबाट हुने जोखिम अझ बढेको उहाँको भनाइ थियो।

‘अब अनुगमन र निरीक्षण होइन, परिणाममुखी काम गर्नुपर्‍यो,’ उहाँले भन्नुभयो, ‘क्षति भएपछि समवेदना र सहानुभूति प्रकट गर्नुभन्दा सम्भावित क्षति नै हुन नदिनु राज्यको धर्म हो।’

सांसद पाठकले हात्ती नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापनसहित दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो। उहाँले नागरिकको जिउधन र कृषि उत्पादनको सुरक्षा सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो।